Thursday 19th March 2026

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको चौथो अधिवेशन सम्पन्न, नेतृत्वमा राज मल्ल


कुवेत – नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । कुवेतस्थित कोस्टा डेल शोल होटेलमा २६ जनवरीमा सम्पन्न अधिवेशनले राज मल्लको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा चन्द्र बहादुर बिश्वकर्मा गोतामे, सचिवमा हरी बहादुर बानियाँ, सह-सचिवमा गुलाम नबि मन्सुर र कोषाध्यक्षमा सुरेश गुरूङ निर्विरोध चयन भएका छन् । कार्यसमिति सदस्यहरु मनोज थापा, प्रेम कुमार जिमी, मान बहादुर तामाङ, बिजय धामी, आङकाजी शेर्पा, बिजय कुमार तामाङ, जय नारायण थारू माझी र रामकाजी तामाङ चयन भएका छन् ।

अध्यक्ष नबराज पन्थीको सभापतित्व तथा सचिव चन्द्र बहादुर बिश्वकर्मा गोतामेको संचालनमा नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिब रोशन पुरीको रोहवरमा चौथो अधिवेशन सम्पन्न गरिएको हो । कार्यक्रममा नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । नेपाली दूतावास कुवेतका प्रथम सचिब प्रेमराज गौतम , गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा, आईसीसी सदस्य हरी लावती , एफएनजे कुवेतका सस्थापक अध्यक्ष सुजन केसी , भूतपूर्व अध्यक्ष हरीकृष्ण न्यौपाने (अनलाईन जुम मार्फत) , एनआरएनए एनसीसी कुवेतका वरिष्ठ उपाध्यक्ष होमनाथ गिरी, नेपाली जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र रसाईली बिरही, नेपाली जन प्रगतिशिल मन्च कुवेतका अध्यक्ष मनु भुजेल, प्रवासी नेपाली एकता मन्च कुवेतका महासचिब शङ्खर पौडेल, प्रवासी नेपाली एकता मन्च (एकिकृत समाजवादी) का उपाध्यक्ष टिका पौडेल, अल मुजैनी एक्सचेन्ज कुवेतका नेपाली बजारका मार्केटिङ म्यानेजर राम बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सह-सचिव हरी बहादुर बानियाँले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष राज मल्लले सस्थागत गतिविधि तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा वक्ताहरूले सञ्चार माध्यमहरुले सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न आग्रह गरेका थिए । यस्तै शुभकामना मन्तव्य राख्दै कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले कुवेतमा रहेर पत्रकारितामा मात्र सिमित नभएर सामाजिक कार्यमा समेत सक्रियता रहेकाले खुसी व्यक्त गरेका थिए । पत्रकारलाई सहि सूचना दिन र सूचना पाउनु पर्ने हकलाई कुन्ठित नगरी दूतावासबाट हुने सूचना प्रवाह सधैं हुने र महासंघ सँग सहकार्य गरि कुवेतमा रहेका श्रमिकको हितको लागि काम गर्न तयार रहेको बताए । त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले लोकतान्त्रिक मुल्य मान्यतामा रही पत्रकारिता गर्न आवश्यक रहेको र अहिले सामाजिक संजालमा भाइरल हुनका लागि आएका विकृति र विसंगतिलाई चिर्दै स्वच्छ पत्रकारिता गर्न जरुरी रहेको बताए । साथै कुवेत शाखाको कार्य प्रशंसनीय रहेको र आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गर्दै महासंघ केन्द्रले कुवेत शाखाको कार्य प्रति ध्यानाकर्षण भएको बताए ।

अन्त्यमा कार्यक्रमको समापन गर्दै अध्यक्ष नवराज पन्थीले प्रवासमा १२ घण्टा काम गर्दै परोपकारी पत्रकारिता गर्दै गर्दा विभिन्न समस्या बाधाहरु झेल्दै सूचनाको हक र अधिकारलाई पाठकसामु पुर्‍याउदै आएको बताए । कार्यक्रम सम्पन्न गर्न अहोरात्र खट्ने तथा कार्यक्रमका प्रायोजक सस्था र व्यक्तिलाई धन्यवाद व्यक्त गरेका थिए । निर्वाचन समितिको प्रमुख आयुक्त जय आले मगर र आयुक्तद्वय आनन्द आचार्य र लोमस बाँस्तोलाले सर्वसम्मत रुपमा कार्यसमिति घोषणा गरेका थिए । कार्यक्रमको मुख्य प्रायोजक अल मुजैनी एक्सचेन्ज कुवेत रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...