Tuesday 18th August 2026

“टुक्का पुञ्ज” श्रृङ्खला -३


“टुक्का पुञ्ज” श्रृङ्खला -३

साहित्यकाे काव्यिक विधामा प्रयाेगकाे रुपमा नेपाली भाषा साहित्यबाट शुरु भएकाे दुई हरफकाे कविता “टुक्का कविता” छाेटाे समयमा अत्यन्तै लाेकप्रिय भएकाे छ । टुक्का कविताकाे आधिकारीक फेसबुक ग्रुप पेज “टुक्का कविता” मा पाेष्ट हुन अाएका टुक्का कविताहरू मध्येबाट केही उत्कृष्ट टुक्का कविताहरू सङ्कलन गरेर साप्ताहिक रुपमा प्रकाशन गर्ने उद्धेश्यले टुक्का साहित्य समाजका अध्यक्ष / टुक्का कविताका परिकल्पनाकार ताराप्रसाद चापागाईकाे परिकल्पना तथा टुक्का अभियन्ता धनुष न्याैपानेकाे संयाेजकत्वमा टुक्का कविता प्रकाशनमा शुरुवाती समय देखि साथ दिँदै अाएकाे पत्रिका तिताेपाटी डट कममा “टुक्का पुञ्ज” नामक साप्ताहिक स्तम्भकाे शुरुवात भएकाे छ । टुक्का पुञ्जकाे याे तेस्राे श्रृङ्खला हाे ।

संयाेजक : धनुष न्याैपाने
[१]
१.
जन्मेको यो धरामा अलग छैन हाम्रो
मिठो बोली बोली हेर सधैँ हुन्छ राम्रो ।
२.
मानव भएर अर्काको दुख बुझ्ने कोसिस गर
सबै मानिस उस्तै हुन् भन्ने सधैँ मनभित्र भर ।
✍️ बेदु न्यौपाने
काठमाडाैँ
[२]
१.
नीतिशास्त्र विहीन व्यवस्थाका मान्छे
गुट-उपगुट परस्त वृष भान्छे ।
२ .
लिन्छन् सबै नेतृत्व जनताकाे नाम
जनहितमा गरिएकाे छैन काम ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर
[३]
१.
खराब किन्न पाउने भए सबैजना आउँथे
असल किन्न असल बन्न किन दुःख पाउँथे ।
२.
भित्रैदेखि सफा भए उज्यालो मुख हुन्छ
नत्र कालो मुख नै पारी बारम्बार रुन्छ ।
✍️ गुणनिधि घिमिरे
अमेरिका
[४]
१.
तेरो मेरो किन भन्छौँ, उही ढुङ्गा उही माटो
सम्मान गर सबैमा, एउटै हो जाने बाटो ।
२.
धन सम्पति आफन्त, जोड्न पनि जोड्नै पर्छ
सुनकै छानो भए नि, हामीलाई के नै गर्छ ।
✍️ सञ्जना शर्मा
लमही, दाङ
[५]
१.
अशक्त र असहायलाई माया गरेको राम्रो
सुविचार अनि सत्कर्म गर्ने संस्कार हो हाम्रो ।
२.
मनैदेखि इच्छा जगाउनु शुद्ध राख्नु मन
अनि अरू केही चाहिँदैन सेवा नै हो धन ।
✍️ दुर्गा आचार्य
मोरङ

::::: जय टुक्का ! जय साहित्य !!! :::::


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले युवापुस्तालाई धूम्रपान तथा निकोटिनजन्य पदार्थको पहुँचबाट जोगाउन सुर्तीजन्य पदार्थको बिक्री तथा वितरणसम्बन्धी नियम थप कडा बनाउने भएको छ।…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई युद्ध अन्त्य गर्न ‘आत्मसमर्पणको सेतो झण्डा उठाउन’ आग्रह गरेका छन्। अमेरिका र इरानबीच भएको ६०…

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सोमबार सहमति भएपछि व्यवसायीहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम…

प्रतिकृयाहरू
...