Sunday 19th May 2024

एलभीएमएचका संस्थापक बर्नार्ड अर्नाल्ट बने विश्वकै सर्वाधिक धनी


फ्रान्सेली खर्बपति व्यापारी तथा लक्जरी ब्रान्ड लुँई भिटोँका संस्थापक बर्नार्ड अर्नाल्ट विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । अमेरिकी आर्थिक पत्रिका फोब्र्सको रियल टाइम बिलेनियर्स इन्डेक्सका अनुसार एलभीएमएचका अध्यक्ष तथा सीईओ अर्नाल्टको नेटवर्थ २ खर्ब ७ अर्ब ८० करोड डलर रहेको छ । शुक्रवार एकैदिन आर्नोको सम्पत्ति २३ अर्ब ६० करोड डलरले बढेको थियो ।

उक्त दिन अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका संस्थापक तथा सीईओ एलन मस्कको सम्पत्ति २ खर्ब ४ अर्ब ५० करोड डलर थियो । शुक्रवार एलभीएमएचको बजार पुँजीकरण ३ खर्ब ८८ अर्ब ८० करोड डलर पुगेको छ । टेस्लाको बजार पुँजीकरण सोहीदिन ५ अर्ब ८६ अर्ब १४ करोड डलर थियो । सूचीको तेस्रो स्थानमा रहेको अमेरिकी अनलाइन खुद्रा कम्पनी एमेजनका संस्थापक तथा सीईओ जेफ बेजोसको नेटवर्थ १ खर्ब ८१ अर्ब ३० करोड डलर थियो ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...