Sunday 4th October 2026

गोबिन्द राज ओझाको प्रेमिल गीति कविता


जब मैले तिमीलाई पहिलो पटक देखे
ती नयनमा विश्वास भएको अनुमान गरे
यति सुन्दर छौ कि कसै सँग तुलना गर्न सकिँदैन
भगवान् सँग धेरै प्रश्नहरू सोधे कुनै उत्तर पाइन ।।
 
तिम्रो मायाको जादुले म माथि हमला गर्‍यो
जिन्दगी कसरी चलेको छ सबै कुरा गर्नु थियो
जब म तिम्रो प्रेममा परे धेरै कुरा सिकेको छु
के रहेछ जिन्दगी तिम्रो नाम जपेर बसेको छु ।।
 
मेरो चाहना तिमि मेरो भगवान् पनि तिमी हौ
जहिले जहाँ भए पनि मेरो माया तिमी थियौ
मेरो यो सानो हृदयमा धेरै भावनाहरू छन्,
कसम खाएर भन्छु, उनी धेरै लजालु छिन् ।।
 
मनमा धेरै भाव छ, थोरै शब्दमा के भनूँ ?
तिमीलाई भन्न नसकेको कुरा आज फेरि कसरी भनूँ ?
तिम्रो माया पाएदेखि खुसी भएर बाच्न सकूँ
फेरी मायामा परेको छु अनि तिम्रै सपनामा जिउँदै छु ।।
 
तिम्रो बारेमा सोच्न चाहन्छु, तिमीलाई माया गर्न चाहन्छु
के रहेछ जिन्दगी तिम्रो नाम जपेर बसेको छु
टाढा भए पनि तिमी मेरो साथको खोजीमा छौ
तिमी मेरो आफन्त होइनौ तर धेरै खास छौ ।।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...