Saturday 3rd October 2026

भारतीय कर्मचारीको घरमा छापा, १६० करोड अवैध रकम कब्जा


भारतको भ्रष्टाचार विरोधी ब्यूरोले तेलंगानामा एक ब्यक्तिबाट १६० करोड अवैध रकम कब्जामा लिएको छ।

तेलंगाना राज्य घर जग्गा नियामक प्राधिकरणका सचिव र हैदराबाद मेट्रोपोलिटन विकास प्राधिकरणका पूर्व निर्देशक शिव बालकृष्णले कथित रूपमा कमाएको १०० करोड भारतीय रुपैयाँ ९नेपाली १६० करोड० भन्दा बढीको अबैध सम्पत्ति पत्ता लगाएको हो।

एसीबीको प्रारम्भिक निष्कर्ष अनुसार बालकृष्णले कथित रूपमा रियल इस्टेट कम्पनीहरूलाई अनुमति दिई करोडौं रुपैयाँ कमाएको खुलासा भएको छ।

अधिकारीहरूले बालकृष्ण र उनका आफन्तहरूको घर र कार्यालयहरूसहित तेलंगानाका धेरै ठाउँहरूमा खोजी गरेका थिए । जसअनुसार आयको अबैध स्रोतहरू भन्दा अबैध सम्पत्ति जम्मा गरेको आरोपमा उनी माथी छानबिन जारी छ ।

गत बुधबार बिहान ५ बजेबाट अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरो ९एसीबी० ले खोजी सुरु गरेको हो, जसका लागि उनको २० स्थानमा कभर गरिएको थियो। खोजी कार्य बिहीबारसम्म जारी रहने बताइएको छ। बालकृष्णको घर र अनुसन्धानसँग सम्बन्धित अन्य महत्वपूर्ण स्थानमा छापा मारिएको छ।

बालकृष्णविरुद्ध मुद्दा दर्ता भएको छ । उनले आफ्नो पदको दुरुपयोग गरी ठूलो मात्रामा सम्पत्ति आर्जन गरेको आशंका सुरू देखी नै भए पनि अहिलेसम्म छापा भने हानिएको थिएन ।

खोजीका क्रममा सुन, फ्ल्याट, बैंक निक्षेप र बेनामी होल्डिङसहित एक सय करोडभन्दा बढीको सम्पत्ति भेटिएको छ । बरामद भएको सूचीमा ४० लाख नगद, दुई किलो सुनका गरगहना, ६० थान महँगो घडी, सम्पत्तिका कागजात र बैंकमा राखिएको रकम समावेश रहेका छ । यस बाहेक १४ फोन, १० ल्यापटप र धेरै इलेक्ट्रोनिक ग्याजेट बरामद गरिएको छ।

एसीबीले अहिले बालकृष्णको बैंक लकर र अन्य अघोषित सम्पत्तिमाथि छानबिन गरिरहेको छ । भोलि पनि अनुसन्धान जारी रहने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...