Saturday 10th October 2026

कविताः च्यातिएको अस्मिता -बसुन्धरा चाैहान


कविता
शीर्षक :-च्यातिएको अस्मिता

जिन्दगी कताबाट कता पुग्यो पुग्यो
म नारी स्वरूपमा जन्म लिएँ पनि
पुरुष बराबरको हिम्मत बोकेर हिड्थेँ
सायद छोरी भएर छोरा बन्न खोज्नु
बा आमा प्रतिको जिम्मेवारी बहन गर्न खोज्नु
स्वतन्त्रताको महशुस गर्दै
घर बाहिर निस्कनु
घुम्नु
डुल्नु
ती बाहेका हावाका तरंग
महसुस गर्दै प्रफुल्लित हुनु
मेरो गल्ती थियो
आज
के काम लाग्यो मेरो साहसको
म भित्रको हिम्मतको
मेरो स्वतन्त्रताको
हक अधिकारको
केही अर्थै नै रहेन
खै कतिबेला अस्तित्व भएर पनि
अस्तित्व विहिन भएँ भएँ
म म नै रहिनँ म म नै रहिनँ
इज्जत लुटिएपछी

मलाई
मानव रूपि जंगली जनावरले हराए
मैले छोरी भएर हारेँ
अब कहिल्यै जित्न सक्ने छैन
मैले हारेँ
गुनासो पनि को को सँग गरूँ
के के मा गरूँ
भगवान् सँगकी यी मानव सँग
या त
राज्यको कानुनी व्यवस्थासँग
प्रस्नै प्रस्नले जेलिएको छ
अस्तिपन्जर भित्रको सिथिल यो मुटु
ती तस्वीर ताजै छन्
आजपनि
यो मानसपटलमा
उजाडिएको सपना
खोसिएको खुसी
च्यातिएको तग्दिर भएपछी
मन सम्हालेर हास्ने ठाउँ बाकी रहेन
इज्जत लुटिए पछि

यी मानव रुपि दानवले लुटे
अस्मिता मेरो
कसैले पछाडीबाट
कसैले अगाडिबाट
बाघ जस्तै झम्टे
अनि
आफ्नो जालमा पारे
सिकारी बनेर
मेरो मुख बन्द गरेर आवाज थुने
आँखा छोपे
घिसारे खुट्टामा समातेर
लछारे
पछारे
कसैले हात पकाडे
कसैलेखुट्टा थिचे
अनि
लाज ढाक्ने बस्त्र झरझर्ती च्याते
नङ्गयाए मेरो कलिलो फुल जस्तो शरीर
साँच्चै
मान्छे मान्छे नै रहेनछन
म आफै पनि अब मान्छे रहिनँ
साधन रहेछु लाग्यो
इज्जत लुटिएपछि

कहाँ कहाँ लुछे
कसरी लुटे म भन्न सक्दिनँ
कति रुँए
कति कराएँ
चिच्याएँ
कापेँ
कसैले सुनेनन्
कसैले सुनेनन्
मेरो लाचारीमा हाँसे स्याल
चोक्टा चोक्ता लुछ्दै
रगताम्मै पारेर
नाँचे ब्वासा
अङ्ग अङ्ग ठुङदै
रमाए गिद्द

अनि
लुछे लुछि रहे भोजन सम्झेर
तिर्खा मेटाए कुवा सम्झेर
प्रयोग गरे बस्तु सम्झेर
मेरो निर्बस्त्र शरीर माथी
यौन पिपासुले
पालै पालो
खेले मनोरन्जनका खेलहरु
मैदान सम्झेर
म जिउँदै मरेँ
इज्जत लुटिएपछी
लुगा भए सिलाउन सक्थेँ
सिलाउन सकिन च्यातिएको अस्मिता ……।

-वसुन्धरा चौहान
गौरादह,झापा


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...