Saturday 24th October 2026

अस्कर २०२४: सबैभन्दा धेरै ‘ओपनहाइमर’ लाई नोमिनेशन


एजेन्सि-हलिवुडको सबैभन्दा प्रतिष्ठित अवार्ड अस्करको नोमिनेशन सार्वजनिक भएको छ। मङ्गलवार ज्याजी विट्ज र ज्याक क्वैदले अस्कर २०२४ को नोमिनेशन घोषणा गरेका हुन्।

सन् २०२४ को अस्करमा सबैभन्दा धेरै विधामा ‘ओपेनहाइमर’ नोमिनेट भएको छ। यस्तै चलचित्र ‘पूअर थिङ्ग्स’ सबैभन्दा धेरै विधामा नोमिनेट हुनेमा दोस्रो स्थानमा रहेको छ।

क्रिस्टोफर नोलनको निर्देशनमा बनेको ओपनहाइमर १३ विधामा नोमिनेट भएको छ भने योर्गस ल्यान्थिमद्वारा निर्देशित चलचित्र पूअर थिङ्ग्स ११ विधामा नोमिनेट भएको छ। जबकी लियोनार्डो डिकेप्रियोको चलचित्र किलर अफ द फ्लावर मून १० विधामा नोमिनेट हुँदा ग्रेटा गेरविगको चलचित्र बार्बी ८ विधामा नोमिनेट भएको छ।

ओपेनहाइमरले गोल्डन ग्लब्समा पनि सबैभन्दा धेरै विधामा अवार्ड हात पारेको थियो।

यस्तै बार्बीकी मुख्य नायिका मार्गोट रबीलाई सर्वश्रेष्ठ अभिनेत्रीका लागि पनि नोमिनेट गरिएको छ भने चलचित्रका निर्देशक ग्रेटा गेरविगलाई बेस्ट डायरेक्टरको श्रेणीमा नोमिनेट गरिएको छ।

बार्बी सन् २०२३ मा सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्र हो। बार्बीले विश्वभर १.४४ अर्ब डलरको आम्दानी गरेको थियो।

यस वर्षको अस्करमा बलिवुड चलचित्र टुवेल्थ फेल नोमिनेशनमा जाने चर्चा थियो। तर, टुवेल्थ फेलले अस्करमा स्थान बनाउन सकेन। वास्तविक कथामा आधारित चलचित्र टुवेल्थ फेल बलिवुडमा यस वर्ष बनेका चलचित्रहरुमध्ये निकै रुचाइएको चलचित्र मध्यको एक हो।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...