Sunday 6th September 2026

अब एसइईमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने


राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ लागू गर्ने भएको छ । एसइई परीक्षा आगामी चैत १५ देखि २८ गतेसम्म सञ्चालन गर्ने बोर्डको कार्यतालिका छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले यसवर्ष परीक्षार्थीले नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने र बोर्डले लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार नतिजा प्रकाशन गरिने बताए ।
उनका अनुसार बोर्डले आगामी चैत १५ देखि २७ गतेसम्म नियमित तथा गे्रडवृत्ति परीक्षा सञ्चालनका लागि तालिका सार्वजनिक भइसकेको छ ।

यसवर्ष परीक्षामा सहभागी हुनेले प्रत्येक सैद्धान्तिक विषयमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने प्रावधान गरिएको उनले बताए । ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीको रिजल्ट ननग्रेडेड हुनेछ ।

यसवर्ष एसइईमा नियमित र ग्रेडवृद्धि तर्फ समेत गरी ४ लाख ८९ हजार परीक्षार्थी परीक्षामा सामेल हुँदैछन् । बोर्डले कक्षा ११ र १२ मा भने यसअघि नै लेटर ग्रेडिङ प्रणाली लागू गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा हिजबुल्लाहले इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रहार गरेपछि इजरायली सेनाले हिजबुल्लाहका सैन्य पूर्वाधारमाथि हवाई तथा स्थल कारबाही…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले अमेरिकी विमानवाहक युद्धपोत र अमेरिकी नौसेनाको एक डेस्ट्रोयरलाई लक्षित गर्दै धेरैवटा ब्यालेस्टिक मिसाइल…

इजिप्टको कायरोस्थित फौजदारी अदालतले चर्चित टेलिभिजन प्रस्तोता तथा निर्माता सारा खलिफासहित १२ जनालाई मृत्युदण्ड सुनाएको छ। उनीहरूलाई लागुऔषध उत्पादन तथा…

प्रतिकृयाहरू
...