Saturday 24th October 2026

ग्राहकको सूचना बेच्ने, बैंकलाई कारबाही गर सरकार


अम्बरीश पोख्रेल-

 तीतोपाटी- व्यक्तिका व्यक्तिगत विवरण सहित बैंक खाता तथा त्यस खाता उपरका गतिविधि अमूक पत्रिकालाई उपलब्ध गराउने सम्बन्धित बैंकको हाकिमलाई तुरुन्त कारबाही गर सरकार !

 यो प्रकारको अराजकता, यो प्रकारको व्यक्तिको सूचनाको गोपनीयता माथि पटक पटक उलघन गर्ने बैंक हाकिमलाई छिटो भन्दा छिटो कारबाही गर सरकार।

त्यहाँ लामिछानेको मात्र सूचना छैन, उनको नामको तल माथि अन्य व्यक्तिहरूको समेत विवरण पत्रिकालाई उपलब्ध गराइएको छ ! यसको अर्थ के हो भने, बैंकले आफ्ना ग्राहकका सूचना बेच्ने गरेको रहेछ !

 सरकारले पनि निश्चित मापदण्ड अनुसार व्यक्तिको विवरण लिने र सार्वजनिक गर्न सक्ने अवस्था विद्यमान हुँदाहुँदै,  यो प्रकारको चरम अपराध गर्ने छुट, त्यो बैंक अधिकारीलाई कसले दियो सरकार ?

 यदि सरकारले पनि खासै वास्ता गर्दैन भने सम्पूर्ण ग्राहकहरुले त्यहाँ बाट आफ्नो पैसा तुरुन्त झिक्नु ठीक हुन्छ ।

अन्यथा त्यो बैंकका हाकिमले जुन सुकै दिन कुनै पनि किसिमको अंतर्राष्ट्रीय ह्याकर लाई समेत सूचना बेच्न सक्छ ।

आउने दिनमा समेत सूचना बेच्दैनन् भन्ने ग्यारेन्टी अब कसैले गर्न सक्दैन । गर्नु हुँदैन । ग्राहकको  सूचना बेच्ने बानी पारिसकेको रहेछ त्यो बैंकलाई ! जुन घोर आश्चर्य हो। घोर अपराध हो ।

अस्तु ।

ए पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...