Monday 17th August 2026

ग्राहकको सूचना बेच्ने, बैंकलाई कारबाही गर सरकार


अम्बरीश पोख्रेल-

 तीतोपाटी- व्यक्तिका व्यक्तिगत विवरण सहित बैंक खाता तथा त्यस खाता उपरका गतिविधि अमूक पत्रिकालाई उपलब्ध गराउने सम्बन्धित बैंकको हाकिमलाई तुरुन्त कारबाही गर सरकार !

 यो प्रकारको अराजकता, यो प्रकारको व्यक्तिको सूचनाको गोपनीयता माथि पटक पटक उलघन गर्ने बैंक हाकिमलाई छिटो भन्दा छिटो कारबाही गर सरकार।

त्यहाँ लामिछानेको मात्र सूचना छैन, उनको नामको तल माथि अन्य व्यक्तिहरूको समेत विवरण पत्रिकालाई उपलब्ध गराइएको छ ! यसको अर्थ के हो भने, बैंकले आफ्ना ग्राहकका सूचना बेच्ने गरेको रहेछ !

 सरकारले पनि निश्चित मापदण्ड अनुसार व्यक्तिको विवरण लिने र सार्वजनिक गर्न सक्ने अवस्था विद्यमान हुँदाहुँदै,  यो प्रकारको चरम अपराध गर्ने छुट, त्यो बैंक अधिकारीलाई कसले दियो सरकार ?

 यदि सरकारले पनि खासै वास्ता गर्दैन भने सम्पूर्ण ग्राहकहरुले त्यहाँ बाट आफ्नो पैसा तुरुन्त झिक्नु ठीक हुन्छ ।

अन्यथा त्यो बैंकका हाकिमले जुन सुकै दिन कुनै पनि किसिमको अंतर्राष्ट्रीय ह्याकर लाई समेत सूचना बेच्न सक्छ ।

आउने दिनमा समेत सूचना बेच्दैनन् भन्ने ग्यारेन्टी अब कसैले गर्न सक्दैन । गर्नु हुँदैन । ग्राहकको  सूचना बेच्ने बानी पारिसकेको रहेछ त्यो बैंकलाई ! जुन घोर आश्चर्य हो। घोर अपराध हो ।

अस्तु ।

ए पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

जन-जागृति युवा समाज कुवेतले काभ्रेपलाञ्चोक जिल्ला, साविक महेन्द्रज्योति गाविस वडा नं. २ (हाल बनेपा नगरपालिका वडा नं. १२) निवासी ४०…

इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले एक पोडकास्ट अन्तर्वार्तामा गाजामा हरेक रात ३०–४० जनालाई लक्षित गरी हत्या गर्नुपर्ने धारणा व्यक्त…

युक्रेनलाई ठूलो परिमाणमा अमेरिकी हतियार उपलब्ध गराउने सम्भावित योजनाले रुस, अमेरिका र टर्कीबीचको तनाव फेरि बढाएको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...