Sunday 28th April 2024

होसियार, जनता तिम्रा दास र रैती हैनन !


बालकृष्ण घिमिरे – बनेपा काभ्रे, हुन त यो पूर्व युवराज्ञी हिमानी शाहको राजनैतिक भ्रमण हैन । उहाँको भगवान प्रतिको आस्था र ९८ प्रतिशत जनताहरुले मान्दै र पुज्दै आएका भगवान् शिवको मन्दिर धनेश्वरमा आइ पुजा, अर्चना र प्राथाना गर्नु उहाको निजि मामला पनि हो । त्यसै गरि समाज सेवाको उद्देश्य बोकेर स्थापना भएको हिमानी ट्रस्टको अध्यक्षको हैसियतले पूर्व युवराज्ञी हिमानी शाह काभ्रेको बनेपा र पनौती नगरपालिकाको सिमानामा अवस्थित धनेश्वर आधारभुत विद्यालयमा उपस्थित भै विद्यालयमा अध्यनरत साना साना नानीहरुका लागि आवश्यक शैक्षिक सामाग्री बितरण गर्नु र विद्यालयको अवस्था, स्तरउन्नती र भौगोलिक अवस्थाको बारेमा चासो व्यक्त गर्नु एउटा सक्षम समाजसेवीको दायित्व भित्रै पर्दछ । शाहको आगमनलाई हजारौको संख्यामा उपस्थित स्थानियहरुले धार्मिक र शैक्षिक भ्रमणको एकमात्रै उद्देश्य बोकेर आउनु भएकाले भब्य र सभ्यरुपमा स्वागत गर्न पाउँदा आफुलाई गौरवबान्धित भएको महसुस गरेका छन ।

पुर्व राजा र राजपरिवारहरुले यस्ता भ्रमणहरु गर्नु एउटा नेपाली नागरिकले पाउने अधिकार सो सरहो स्वतन्त्रता पनि हो । तर आज गणतन्त्रको भजन जप्ने मगन्ते गणतन्त्रवादिहरुका कारण जनतामा निराशा जन्मिएको छ । यो , त्यो र उ नामधारी राजनैतिक दलहरुमा रहेका नेता र तिनका वरिपरि घुम्ने दासहरुले राज्य संयन्त्र नै प्रयोग गरि गरिएका भ्रष्टाचार, तस्करी र समग्रमा लुटतन्त्र मच्चाएका कारण जनता बिकल्पको खोजीमा छन् । बैकल्पिक शक्ति हौं भन्दै उदाएका केही दल र नेताहरुले समेत लुट्न सके लुट कान्छाको नीति अवलम्बन गर्दै गएपछी सामान्य नागरिकहरुमा झनै वितृष्णा पैदा भएको छ । र आज पुर्व राजाकी बुहारी हिमानी शाहको उपस्थितिमा मात्रै पनि जनताले राहतको श्वास फेरे झै गर्दै छन् ।

होसियार, अब पुर्व राजा र राजपरिवारलाई हुङ्कार दिएर समय बर्वाद पार्नुभन्दा आफू सच्चिएनौ र जनचाहना अनुसार परिचालित भएनौ भने तिम्रा दास र रैती मानसिकता बोकेका केही झुण्डहरुले मात्रै तिमीहरुलाई बचाउन सक्ने छैनन् । समग्रमा आम नेपाली जनता तिम्रा दास र रैती हैनन ! चेतना भया ।


सम्बन्धित शीर्षकहरु

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन…

प्रतिकृयाहरू
...