Friday 13th March 2026

होसियार, जनता तिम्रा दास र रैती हैनन !


बालकृष्ण घिमिरे – बनेपा काभ्रे, हुन त यो पूर्व युवराज्ञी हिमानी शाहको राजनैतिक भ्रमण हैन । उहाँको भगवान प्रतिको आस्था र ९८ प्रतिशत जनताहरुले मान्दै र पुज्दै आएका भगवान् शिवको मन्दिर धनेश्वरमा आइ पुजा, अर्चना र प्राथाना गर्नु उहाको निजि मामला पनि हो । त्यसै गरि समाज सेवाको उद्देश्य बोकेर स्थापना भएको हिमानी ट्रस्टको अध्यक्षको हैसियतले पूर्व युवराज्ञी हिमानी शाह काभ्रेको बनेपा र पनौती नगरपालिकाको सिमानामा अवस्थित धनेश्वर आधारभुत विद्यालयमा उपस्थित भै विद्यालयमा अध्यनरत साना साना नानीहरुका लागि आवश्यक शैक्षिक सामाग्री बितरण गर्नु र विद्यालयको अवस्था, स्तरउन्नती र भौगोलिक अवस्थाको बारेमा चासो व्यक्त गर्नु एउटा सक्षम समाजसेवीको दायित्व भित्रै पर्दछ । शाहको आगमनलाई हजारौको संख्यामा उपस्थित स्थानियहरुले धार्मिक र शैक्षिक भ्रमणको एकमात्रै उद्देश्य बोकेर आउनु भएकाले भब्य र सभ्यरुपमा स्वागत गर्न पाउँदा आफुलाई गौरवबान्धित भएको महसुस गरेका छन ।

पुर्व राजा र राजपरिवारहरुले यस्ता भ्रमणहरु गर्नु एउटा नेपाली नागरिकले पाउने अधिकार सो सरहो स्वतन्त्रता पनि हो । तर आज गणतन्त्रको भजन जप्ने मगन्ते गणतन्त्रवादिहरुका कारण जनतामा निराशा जन्मिएको छ । यो , त्यो र उ नामधारी राजनैतिक दलहरुमा रहेका नेता र तिनका वरिपरि घुम्ने दासहरुले राज्य संयन्त्र नै प्रयोग गरि गरिएका भ्रष्टाचार, तस्करी र समग्रमा लुटतन्त्र मच्चाएका कारण जनता बिकल्पको खोजीमा छन् । बैकल्पिक शक्ति हौं भन्दै उदाएका केही दल र नेताहरुले समेत लुट्न सके लुट कान्छाको नीति अवलम्बन गर्दै गएपछी सामान्य नागरिकहरुमा झनै वितृष्णा पैदा भएको छ । र आज पुर्व राजाकी बुहारी हिमानी शाहको उपस्थितिमा मात्रै पनि जनताले राहतको श्वास फेरे झै गर्दै छन् ।

होसियार, अब पुर्व राजा र राजपरिवारलाई हुङ्कार दिएर समय बर्वाद पार्नुभन्दा आफू सच्चिएनौ र जनचाहना अनुसार परिचालित भएनौ भने तिम्रा दास र रैती मानसिकता बोकेका केही झुण्डहरुले मात्रै तिमीहरुलाई बचाउन सक्ने छैनन् । समग्रमा आम नेपाली जनता तिम्रा दास र रैती हैनन ! चेतना भया ।


सम्बन्धित शीर्षकहरु

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

प्रतिकृयाहरू
...