Monday 7th September 2026

कुवेतले सन २०२० भन्दा पहिले भिसा उल्लङ्घन गर्नेहरूलाई एमनेस्टी खोल्यो


कुवेत सरकारले सन २०२० भन्दा पहिलेदेखि बसोबास कानुन उल्लङ्घन गरेका अाप्रवासीहरूको लागि एमनेस्टी खोलेको छ । कुवेतबाट प्रकाशित हुने अरबटाइम्समा प्रकाशित समाचार अनुसार सरकारको गृह मन्त्रालयले भर्खरै मन्त्रिस्तरीय निर्णयबाट भिसा उल्लङ्घन गरेर बसेका प्रवासीहरूले ६०० कुवेती दिनार जरिवाना तिरेर बैधानिक हुन पाउने गरी प्रस्ताव नं. २६/२०२४ जारी गरेको हो ।

यस प्रस्तावको उद्देश्य २०२० अघि बसोबास कानून उल्लङ्घन गर्ने प्रवासीहरूलाई जरिवाना तिरेर आफ्नो स्थिति सुधार्ने माैका दिनु हो । यो निर्देशन प्रस्ताव नम्बर २८८/२०२० को खारेज पछि आएको हो जसले वैध निवास अनुमति बिना नै निर्वासनलाई अनिवार्य गरेको थियो।

आधिकारिक कागजातले निर्णयका मुख्य बुँदाहरूलाई निम्नानुसार उल्लेख गरेको छ:

डिक्री-कानून नम्बर ३८/१९८० को छानबिन पछि सिविल र वाणिज्य कार्यविधि कानूनको कार्यान्वयनलाई सम्बोधन गर्दै, र मन्त्रीस्तरीय संकल्प नं. २८८/२०२० को पुन: मूल्याङ्कन गरी भिसा सकिएका तर भिसा खारेज वा कुनै केश नभएका विदेशीहरूलाई देश निकाला गर्ने प्रोटोकलहरूको रूपरेखामा उपसचिवले पेश गरेको प्रस्तावका आधारमा बनाइएको हो ।

हाल पारित प्रस्तावको धारा एकले माथि उल्लिखित संकल्प नम्बर २८८/२०२० रद्द गरेको घोषणा गर्दछ भने धारा दुईले कार्यवाहक उपसचिवलाई यो निर्णय कार्यान्वयन र लागू गर्न आदेश दिन्छ।

Kuwait Grants Amnesty to Visa Violators Pre-2020


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...