Sunday 4th October 2026

रियल म्याड्रिडले जित्यो स्पेनिस सुपर कोपाको उपाधि


रियल म्याड्रिडले स्पेनिस सुपर कोपाको उपाधि जितेको छ ।

गएराती सम्पन्न एल क्लासिकोमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले यस बर्षको सुपर कोपा जितेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले ह्याट्रिक गरेका थिए । उनले खेलको पहिलो हाफमा नै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै अर्को गोल रोड्रीगोले गरेका थिए ।

त्यस्तै बार्सिलोनाका लागि एक गोल रोबेर्ट लेवानडोस्कीले गरेका थिए ।

यस खेलको खेलको ७१औं मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले रातो कार्ड पाएर मैदान छोडेपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

योसँगै रियल म्याड्रिडले स्पेनिस सुपर कोपाको उपाधि १३ पटक जितेको छ । सुपर कोपा सबैभन्दा बढी पटक जित्ने टिम भने बार्सिलोना रहेको छ ।

डिफेन्डिङ च्याम्पियन समेत रहेको बार्सिलोनाले यो उपाधि १४ पटक जितेको छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...