Friday 19th December 2025

रूससँग युद्ध लड्न बेलायतले दियो युक्रेनलाई २.५० अर्ब पाउन्ड


एजेन्सि- बेलायतले रूससँग युद्धरत युक्रेनलाई २ अर्ब ५० करोड पाउन्ड सहयोग गर्ने भएको छ। बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेन भ्रमणका क्रममा युद्धग्रस्त मुलुक युक्रेनका लागि २ अर्ब ५० करोड पाउण्डको प्याकेज दिन घोषणा गरेका हुन्।

प्रधानमन्त्री सुनकको यो घोषणासँगै सो सहयोग प्याकेजमार्फत युक्रेनलाई आगामी आर्थिक वर्ष २०२४ अप्रिलदेखि सहयोग उपलब्ध हुनेछ। बेलायतले युक्रेनलाई दिएको सहयोग यसअघिको २ अर्ब पाउण्डभन्दा बढी हो।

बेलायती सरकारले युक्रेनलाई दिएको यो रकमले ड्रोन खरिदमा सबैभन्दा ठूलो सहयोग पुग्ने बताएको छ। ऋषि सुनकको युक्रेन भ्रमणका क्रममा ऐतिहासिक सुरक्षा सम्झौतामा पनि हस्ताक्षर भएको छ।

बेलायत र युक्रेनबीचको यो सम्झौता आगामी सय वर्षसम्म दिगो साझेदारीतर्फको पहिलो कदम हुने पश्चिमी सञ्चारमाध्यमले जनाएका छन्।

युक्रेनका लागि बेलायती कोषमा बृद्धिको उद्देश्य लामो दूरीको क्षेप्यास्त्र, वायु रक्षा प्रणाली, तोपखाना गोलाबारुद र समुद्री सुरक्षा प्रदान गर्नु हो।

यस नयाँ प्याकेजबाट कम्तिमा २ बिलियन पाउन्ड युक्रेनको द्रुत खरीद र हजारौं सैन्य ड्रोनहरूको उत्पादनमा खर्च गरिनेछ, जसमा निगरानी उपकरण, लामो दूरीको स्ट्राइक हतियार र समुद्री ड्रोनहरू समावेश हुने जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

बेलायती प्रहरीले बुधबार चेतावनी दिँदै भन्यो, “इन्तिफादालाई विश्वव्यापीकरण” गर्न सार्वजनिक रूपमा प्यालेस्टिनी समर्थक आह्वान गर्नेहरूलाई पक्राउ गरिनेछ, बोन्डी बीच नरसंहार…

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

प्रतिकृयाहरू
...