Friday 27th March 2026

‘तपस्वी’ राम बहादुर बम्जन (लिटल बुद्ध) हत्या र बलात्कार मुद्दामा पक्राउ


तीतोपाटी – प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जन (लिटल बुद्ध)लाई पक्राउ गरेको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडाैंको हात्तिगौंडाबाट पक्राउ गरेको हो । उनीविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ । आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बारा जिल्लाको जंगलमा तपस्या गरेर चर्चा कमाएका बमजनको सिन्धुली र सिन्धुपाल्चोकमामा आश्रम छन् भने ति आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो ।

हाल उनी काठमाडाैंको हात्तीगाैंडामा परिवारसहित बस्दै अाएका थिए भने प्रहरीले उनको घरमा छापा मार्न जाँदा उनी भाग्न लाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...