Tuesday 8th September 2026

टुक्काकार जमुना आचार्यका टुक्का कविताहरू


१.
विश्वासको दियो जलाई धाएर मत दिएका,
नदेखुँ भनि गरिबका घरमा आँसु पिएका ।
२.
कृषिप्रधान देशमा हेर! बाहिरबाट खाधान्न भर,
जनशक्ति देशका पलायन भए सम्पूर्ण युवा नर ।
३.
संकल्पहरू रक्षा स्थिरता समृद्धि र नागरिक हक,
पूरा गर्ने अनेक आधार नमानी संकोच कुनै धक ।
४.
शिक्षा स्वास्थ्य नि:शुल्क समस्या समाधान सेवा दिगो ,
प्रभावकारी अनुगमन योजना मर्मत बिगो ।
५.
उच्च शिक्षा रोजगारीसँग जोड्दै सिक्दै कमाउँदै गर्ने विकास ,
कुरीति हिंसा असमानता अन्त्य आर्थिक र सामाजिक निकास ।
६.
भ्रष्टाचार नियन्त्रण सु- संस्कृत पारदर्शिता र सुशासन ,
सूचना प्रविधिमा जनताको पहुँच उर्जा प्रवाह आशन ।
७.
छलफल बहस परामर्श हुनेमा विश्वस्त हुनु पर्छ भनि,
चुनावले ल्याउने आस छ जनतामा परदेश नै गए पनि ।

✍️ जमुना आचार्य
सिन्धुपाल्चोक


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...