Monday 5th October 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः केही कुरा


केही कुरा सोध्छौ कि तिमीले मलाई
हिड्दै छु म कुरा बुझ तिम्रै छ भलाई ।

खुल्ला आकासमा हेरिरहुलाग्छ मलाई
मनमा सुवास छर्छन दिलको कुरा सुनाई ।

जानुपर्छ मन खुसि बनाई
हिड्दै छु म कुरा बुझ तिम्रै छ भलाई ।

हेरि बस्छु तारा गनि यहि अध्यारो रातमा
सुने झै लाग्छ तिम्रो बोलि मलाई छौ तिमी कता ।

फुल फुलिरहन्छन फूलहरू वन पाखामा
बुझ्नुपर्छ कुरा सबै खुसि छ मनमा ।

केही कुरा सोध्छौ कि तिमीले मलाई
हिड्दै छु म कुरा बुझ तिम्रै छ भलाई ।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...