Thursday 29th January 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः केही कुरा


केही कुरा सोध्छौ कि तिमीले मलाई
हिड्दै छु म कुरा बुझ तिम्रै छ भलाई ।

खुल्ला आकासमा हेरिरहुलाग्छ मलाई
मनमा सुवास छर्छन दिलको कुरा सुनाई ।

जानुपर्छ मन खुसि बनाई
हिड्दै छु म कुरा बुझ तिम्रै छ भलाई ।

हेरि बस्छु तारा गनि यहि अध्यारो रातमा
सुने झै लाग्छ तिम्रो बोलि मलाई छौ तिमी कता ।

फुल फुलिरहन्छन फूलहरू वन पाखामा
बुझ्नुपर्छ कुरा सबै खुसि छ मनमा ।

केही कुरा सोध्छौ कि तिमीले मलाई
हिड्दै छु म कुरा बुझ तिम्रै छ भलाई ।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

प्रतिकृयाहरू
...