Wednesday 4th November 2026

गुणनिधि घिमिरेका झ्याउरे छन्दमा गीत – “आफ्नै परिचय”


“आफ्नै परिचय”
१
कहिले झिल्काकार भईयो कहिले टुक्काकार
प्रधानाध्यापक काम गर्थेँ आफैँ चौकिदार ।
२
जिल्ला धाउनु पर्थ्यो निःशुल्क भारी बोकेर
दुइ छाक टर्थ्यो प्राय जस्तो रोटी टोकेर ।
३
कहिले काव्यकार भईयो कहिले कथाकार
आफैँ प्र. अ. आफैँ घण्टी ठोक्ने चौकिदार ।
४
गाई भैँसी टन्नै थिए बोक्थेँ घाँसका भारी
कहिले गोड्थेँ आलु मकै कहिले जोत्थेँ बारी ।
५
साथी हुन्थे कहिले असई कहिले हवल्दार
बिद्यार्थीलाई पढाउँदै हुन्थेँ चौकिदार ।
६
फोहर पनि सोहर्नु पर्ने सफा राख्नु पर्ने
आफैँ लागि पर्थेँ अरू सहयोग गर्ने ।
७
एउटा मिल्ने साथी थियो पुलिस ठानेदार
सदरमुकाम सँगै जान्थ्यौँ हुँदै चौकिदार ।
८
साथीसँगी मेलापात अर्म पर्म गर्थ्यौँ
विद्यालय विकास गर्न सबै लागी पर्थ्यौ ।
९
गाउँ ठाउँका विद्यार्थी ती साह्रै इमान्दार
सबै शिक्षक मिल्थ्यौँ हामी सबै चौकिदार ।

– गुणनिधि घिमिरे
श्री चन्द्रेश्वर मा.वि. खान्द्रोङ्ग पाँचथर
हाल-अमेरिका


सम्बन्धित शीर्षकहरु

अमेरिकामा नोभेम्बर ३ मा सम्पन्न मध्यावधि निर्वाचनको प्रारम्भिक परिणामले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई चुनौती दिएको छ। प्रारम्भिक मतगणनामा विपक्षी…

अमेरिकाले इरानमाथि पुनः सैन्य हमला गरेको पुष्टि भएको छ। तर नोभेम्बर ४, २०२६ सम्म प्राप्त पछिल्ला समाचारका आधारमा यसपटकको आक्रमणमा…

अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीले प्रारम्भिक सफलता हासिल गर्दै रिपब्लिकनको एक सिनेट सिट जितेको छ । रिपब्लिकनको बलियो पकड मानिएका…

प्रतिकृयाहरू
...