Thursday 16th May 2024

सनातन गुठीको वार्षिक पूजा सम्पन्न


नारायण कोइराला – सनातन धर्म सेवा समिति मेहल्धारा तानसेनले हनुमान जयन्तीको अवसरमा हनुमान पूजा सम्पन्न गरेको छ ।

समितिका अध्यक्ष वरूण प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न अडतिसौं वार्षिक साधारणसभामा सचिव पुष्कर राज रेग्मीद्वारा वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विश्व राज रेग्मीद्वारा रू. ६,२३,४५७/- बराबरको आयव्यय प्रस्तुत गरिएको थियोे । गुठी सदस्य श्रीधर कुमार नेपालको सुपुत्री सिध्दता नेपाललाई एस इ इ परीक्षामा उत्कृष्ट अंक ल्याएबापत पुरस्कृत गरेको छ । श्रीधर कुमार नेपाल, पदम राज पौड्याल र देवराज शर्मालाई यश वर्षको सूचना वाहकको रूपमन नियुक्त गरेको छ ।

समितिले जेष्ठ नागरिकलाई सम्मान गर्ने निर्णय गरेको छ भने साधारणसभाले बरूण प्रसाद रेग्मीको अध्यक्षता रहेको बर्तमान कार्यसमितिलाई नै आगामी दुई वर्षका लागि पुन : निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्ष सरस्वती शर्माको स्वागत ,सल्लाहकार प्रा.डा. रामजी प्रसाद पौड्यालबाट शुभकामना मन्तव्य र सचिव पुष्कर राज रेग्मीद्वारा संचालित कार्यक्रममा सबैलाई धन्यवाद दिदै अध्यक्ष वरूण प्रसाद रेग्मीद्वारा सभा विसर्जन गरिएको थियोे ।

नारायणस्थान फूलवारी स्थित हनुमान मन्दिर सनातन धर्म सेवा समितिको इष्ट ( गुठ) देवता हुन्। यस वर्षको गुठी पूजा गुठी सदस्य सल्लाहकार केशव राज पौड्यालको घरमा भेला भइ मूल घरबाट मूल पूजा र सबैको घरबाट पूजा लिएर विहान ७.३० वजे हनुमान मन्दिर प्रस्थान गरिएको थियोे । हनुमानको प्राचीन मन्दिर निकै जिर्ण भएकोले सनातन धर्म सेवा समितिको पहलमा विभिन्न सहयोगीहातहरूको सहयोगमा मन्दिर पुनर्निर्माण भई अाजको अवस्थामा आएको हो ।

समितिले तानसेन श्रीनगरको पर्यटन बिकासका लागि गुठीबन्धुहरूकै पहलमा सहयोगी मनहरूलाई साथ लिई श्रीनगरमा मिति २०६७/०९/१० गतेका दिन बजरंगबली स्वरूपको हनुमानको मूर्ति स्थापना गरेको थियो । उक्त मूर्ति पुन मर्मत संभार गरी यस बर्ष हनुमान जयन्तीको अवसरमा रंगरोगन लगाउने काम सम्पन्न भएको छ । गुठले गरेको कामको प्रशंसा भक्तजन र यात्रीहरूले गरेका छन् । तानसेनको धार्मिक सम्पदाहरूको संरक्षण र सम्बर्द्धनका लागि नगर पालिका तथा सम्बन्धित वडाहरूले विशेष ध्यान दिनु अावश्यक छ ।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...