Monday 5th October 2026

-गोबिन्द राज ओझा (राजन)को गीति कविताः यी हिमालहरूको पवित्रता..


यी हिमालहरूको पवित्रता चारैतिर फैलिएको छ
यो देशलाई अझ विकसित बनाउनु छ 
इतिहासको पानामा वीरहरूको गाथा अमर रहोस्
यो नेपाली संस्कार विश्वमा फैलिरहोस् ।।
 
 
आफ्नो इज्जतका साथ यो भूमि चम्किरहोस्
यो देशको महिमा चारैतिर फैलिरहोस्
डाँफे नाचेको दृश्यमा मनलाई भुलाउन सकियोस्
वीर पुर्खाहरू इतिहास सधैँ रहिरहोस् ।।
 
सधैँ देशको सुरक्षाको लागि खटिन परोस्
वीर सहिदको सपनाहरू पुरा गर्न सकियोस्
बैरीहरू सँग लडेर राष्ट्रलाई जोगाउन सकियोस्
आफ्नो इज्जतका साथ यो भूमि चम्किरहोस् ।।
 
 
एकताको माला बुनौँ सधैँ एकता रहिरहोस्
सधैँ सम्मान गरौँ नेपाल आमाको देश बाचिरहोस्
यी हिमालहरूको पवित्रता चारैतिर फैलिएको छ
यो देशलाई अझ विकसित बनाउनु छ ।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ माग्दै उनका हजारौँ समर्थकले राजधानी इस्लामाबादतर्फ लामो मार्च सुरु गरेका छन्। पाकिस्तान तहरीक–ए–इन्साफका…

सरकारले भोटेकोसी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक अवस्थाबाहेक खोज तथा उद्धार कार्य हाललाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको…

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

प्रतिकृयाहरू
...