पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०८/२७
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको त्रियान्नब्बेयौँ शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा पञ्चाङ्ग प्रेषण गर्नुहुने सबै सर्जकहरू प्रति अाभार प्रकट गर्दछाैं ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
पशु भनेर के गर्नु आँसु झर्दो रहेछ
मायाको बोट सबै अर्कोमा सर्दो रहेछ
खै के नपुगेर होला यो खुला संसारमा
दुखेपछि चित्त मन पनि मर्दो रहेछ
भोकले गहिरो दुख्ने घाउ भर्दो रहेछ ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ
पञ्चाङ्ग २
वैरीले बार बारेको हेर
भएको आस्था मारेको हेर
आफ्नो मानिस आफ्नै हुनाले
पीडामा आँसु झारेको हेर
दु:खको नदी तारेको हेर ।
आर्त अकुलीन
पञ्चाङ्ग ३
मन हुन्छ, दिल हुन्छ
मन भित्र खिल हुन्छ
पशु पनि त प्राणी हो
खुसी झिलमिल हुन्छ
पीडा टिलपिल हुन्छ ।
सूर्य गिरी
माछापुच्छ्रे५कास्की (पाेखरा)
पञ्चाङ्ग ४
मानिस भन्दा पनि बफादार हुन्छन्
उनैको मनमा पनि संसार हुन्छन्
दुख्छ पिर पर्छ आँसु नि बगाउँदा
जिव र जन्तु उस्तै व्यबहार हुन्छन्
शरीरमा रगतको सञ्चार हुन्छन् ।
सुरेशकुमार पाण्डे, घोराही- १८,दाङ
पञ्चाङ्ग ५
छैन बोली आँखामा आँसु उसको
मुखमा हड्डी छैन मासु उसको
निर्दयी प्रेमीको पर्खाइमा छ कि
न त आमा बा छैन सासू उसको
चिसो बढ्दैछ धेरै काँसु उसको ।।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ६
भावहरु कति रहेछन् नि उसको देख्यौ होला मानव
पशु भनेर नहेप उसको पनि त हो चोला मानव
धेरै दिमाग त नहोला सिकाएको भने दुरुस्त गर्छ
भक्त बनेर रक्षा गर्दा के तिम्रो मन नछोला मानव
उसले जस्तै रोइदेउ आँशुले पो मैलो धोला मानव ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग ७
सबल र सक्षम हुँदा सबैले पाल्ने गर्छन्
अशक्त शरिर हुदाँ जतिसुकै फाल्ने गर्छन्
माया आसु पीडा सबै बुझ्ने बोल्न नसकेनि
कसैले मार्न भनि खानामा बीस हाल्ने गर्छन्
फर्केर आउँछ कि भनेर बाटो टाल्ने गर्छन्
संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ
पञ्चाङ्ग ८
पशुमा त ईमानदार कुकुर हुन्छ
कर्तव्यमा बफादार कुकुर हुन्छ
दुश्मनका लागि भने निकै शसक्त ,
घरको सधैं हुनहार कुकुर हुन्छ
रक्षा गर्ने पनि जनावर कुकुर हुन्छ ।
दुर्गा भट्टराई
पञ्चाङ्ग ९
आशु बनेर दुःख बग्दछ टुटे पछि तन यहाँ
इमान्दारिता छाड्दैन कत्ति दुःखे पनि मन यहाँ
संघर्षको संसारमा माया नै चाहेको होला नि त
सुरक्षा गर्छ अनि मालिकलाई मान्छ धन यहाँ
एक अर्काको सहारा सोची पछ्याउछ जन यहाँ ।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग १०
कोमल मन भएर रोएको हो
मनका पीडा आँसुले धोएको हो
बोल्न सक्दैनौ भनि नहेपौं अब
बुझ्ने देेखेर मानिस छोएको हो
वेदनाको पोको रुँदै फोएको हो ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३,काभ्रे
पञ्चाङ्ग ११
कुकुर भन्दै नगर्नु हेला उसको पनि मन हुन्छ
भोक लागेमा किनेर खाने न त उसको धन हुन्छ
बिचरा बस्छ हाम्रै सहारामा सेवा गर्दै रमाउँदै
दुःख बिमार पर्दा सेवा गर्ने न त कुनै जन हुन्छ
भोको पेट दौडी दौडी उसले कुद्ने रनवन हुन्छ ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग १२
आपतको सम्झनाले उस्तै याद आउने गर्छ
मनको आश्वसनले अर्को मन धाउने गर्छ
भोको पेटले खान पाउँदा रसाएको मुहार
प्राणीको माया जोड्दै कर्मको फल लाउने गर्छ
दु:खका गीतहरू मेरो मात्र नै गाउने गर्छ ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग १३
पशुको पनि त मानवको जस्तो मनमुटु हुन्छ होला
रिसाएर तपाइँ गाली नगर्नोस् टुलुटुलु सुन्छ होला
आफ्नो मालिकलाई सानो दुःख परेको देखेपछि पनि
बोल्न सक्दैन आँखाबाट आँसु झारेर उस्ले रुन्छ होला
आफ्नो अर्को छुट्याएर मायालु पनाले मन छुन्छ होला ।
मनोज राना सल्यानि बन्गाड कुपिण्डे ३ सल्यन
पञ्चाङ्ग १४
कुकुर स्वामी भक्त हुन्छ
दुष्टकालागि शक्त हुन्छ
बौलाएमानै दिन्छ दुःख
साहु चिन्ता मुक्त हुन्छ
यिनमा तातो रक्त हुन्छ ।
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
पञ्चाङ्ग १५
साहुले माया मारेको अवस्था
सारै दुःखमा पारेको अवस्था
बिछोडको बेलामा कति कष्ट
बरर आँशु झारेको अवस्था
ठुलै लडाई हारेको अवस्था ।
अच्युत घिमिरे, सर्पाङ, भुटान