Tuesday 26th November 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय नौ भाग (१०९)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०८/२५
………………………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : आउँछ, गाउँछ, छाउँछ, ठाउँ छ, दाउँछ, धाउँछ, पाउँछ, बाउँछ, माउ छ, लाउँछ आदि मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

सधैँ धमिलो पानी आउने धारा अब त सङ्लो आउँछ होला
न्याउली मात्र बास्ने सहरमा अब कोइलीले गाउँछ होला
पल्ट्यो भन्छन् पासा सबै मानिसहरू आउला खुसीको दिन
बेरोजगारी यत्रतत्र रोजगारीको राहत पाउँछ होला
समाजसेवी इमानदारी स्वच्छ छवि भई जनाउँछ होला ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

खाली खाली नकारात्मक भावना आउँछ किन
मनले पनि उल्टो उल्टो काम लगाउँछ किन
नशाभन्दा नि साह्रै कडा दशा हुँदो रहेछ कि
निद्राले नि अचेल अधोगति सजाउँछ किन
अमृतको बोटले विषफल फलाउँछ किन ?
श्रीकृष्ण शर्मा पोखरा

पञ्चाङ्ग ३

चन्चल छ मन जति टाढा भो उति याद आउँछ झन्
सम्हालिदैन आफैँ यो आँखाले आँशु पो चढाउँछ झन्
कस्तो होला मन, यो मनलाई कोही त देखाइदेऊ
देखे त पुजारी फूल अक्षताले पूजा गर्न धाउँछ झन्
त्यो सुन्दर मनलाई पुजेर भजन किर्तन गाउँछ झन् ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ४

दुष्ट त होइन तर मेरो दुःख धपाउँछ सधैँ
कुन्नि मेरै बदनाम गर्ने बाटो समाउँछ सधैँ
दोस्त पनि कसरी भनौँ म उसलाई घरिघरी
रातोदिन दुष्टले भन्दा बढी नै गराउँछ सधैँ
मिठो सपना बनेर गुन पनि लगाउँछ सधैँ ।

सुरेशकुमार पाण्डे
दाङ घोराही १८

पञ्चाङ्ग ५

चित्त प्रसन्न हुँदा सधैँ गीत गाउँछ यो मन
विचलित हुँदा यता-उता धाउँछ यो मन
मन सन्तुलन राख्न गाह्रोछ किन हे!प्रभु
परिवार भेला हुँदा खुसी पाउँछ यो मन
हित चित्त मिले प्रेम पनि लाउँछ यो मन ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग ६

सुर ताल बिना गित गाउँछ किन
बिर्सने मान्छेको याद आउँछ किन
कसैको स्वरै सुन्दा दिक्क लाग्छ होला
परिश्रम बिना मुख बाउँछ किन
अप्राप्त चिजको लागि धाउँछ किन ?

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ७
कहिले उज्यालो कहिले अँध्यारो छाउँछ किन
थाम्नै नसक्ने विशाल भुईँचालो आउँछ किन
के नै थियो र मेरो गल्ती भगवान भनिदेऊ
घरिघरि समस्याले मेरै गीत गाउँछ किन
यो ज्यानले मात्रै नसोचेको दु:ख पाउँछ किन ?

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ८

एउटा मनले याद आउँछ भन्छ
र अर्को मनले प्रीत लाउँछ भन्छ
मन नि खुबै अचम्मित पार्ने हुन्छन्
खुसुक्क भने नि चाल पाउँछ भन्छ
अपुगले तल माथि धाउँछ भन्छ ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ९

अचेल तिम्रो सम्झना मात्र आउँछ मलाई
कहाँ देखौं कहाँ भेटौँ मात्र लाउँछ मलाई
नशा जस्तो मात लाग्ने रहेछ माया अचम्म
पल पल पागल जस्तै सताउँछ मलाई
एकान्तमा सुरिलो धुनले गाउँछ मलाई ।

तारा घिमिरे स्वेच्छा सङ्खुवासभा

पञ्चाङ्ग १०

आखिरमा पालो आउँछ एक दिन
कोइलीले गीत गाउँछ एक दिन
कहिले घामसँगै कहिले बादल
प्रकृतिले प्रीत लाउँछ एक दिन
समयको फल पाउँछ एक दिन ।

– आर्त अकुलीन

पञ्चाङ्ग ११

हरसाँझ तिम्रै याद आउँछ के गरूँ
खोज्दै आँखा दूर दूर धाउँछ के गरूँ
भुल्न नखोजेको पनि हैन मैले तर
सोच्दासोच्दा नै निराशा छाउँछ के गरूँ
खाली तिम्रो मात्र माया लाउँछ के गरूँ ?

वसन्त अनुभव

घोराही उपमहानगरपालिका- १४, दाङ

पञ्चाङ्ग १२

आजभोली किन तिम्रो धेरै याद आउँछ यसरी
तिम्रो कोमल दिलमा कतै ठाउँ पाउँछ यसरी
सपनामा विपनामा सधैँभरि हुन्छु सम्झनामा
किन हो यो मन पनि तिमीतिरै धाउँछ यसरी
रातदिन गुन्गुन् गर्दै तिम्रै गीत गाउँछ यसरी ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग १३

निराशले मन एकान्तमा धाउँछ किन
घरिघरि उनकै सौँराइ आउँछ किन
सम्बन्ध टुटेपनि मायाको डोरो नटुट्ने
आखिर यस्तो फसिने प्रीत लाउँछ किन
अनि जानाजानी आफै दुःख पाउँछ किन ?

अच्युत घिमिरे, सर्पाङ, भुटान
पञ्चाङ्ग १४
मन नै मनको राजा मन नै हुन्छ यो मजा
मनभित्र भए विश्व जन नै हुन्छ यो मजा!
भिखारी छन् यता धेरै चेतना शून्यमा झरी
बुझेको सर्वसंसार तन नै हुन्छ यो मजा
भए साथ सधैँ यस्ता धन नै हुन्छ यो मजा!!

कलानिधि दाहाल

पञ्चाङ्ग १५

हरपल तिम्रै झल्को लाउँछ मलाई
बिर्सुं भन्छु सम्झना झन् आउँछ मलाई
छाडिजाने निष्ठुरीको यादमा रुनाले
अत्तालिन्छु न जाने नै ठाउँ छ मलाई
आँखामा उस्कै तस्विर छाउँछ मलाई ।

सरिता सेढाइ धादिङ

पञ्चाङ्ग १६

छुटेको सम्बन्ध नि याद बनी आउँछ किन
खाटा परेको नि घाउलाई बल्झाउँछ किन
मिलन र बिछोड प्रकृतिको नियम रैछ
एकान्तमा मन सधै विरह गाउँछ किन
नपाइने चिजको धेरै आशा लाउँछ किन ।

संगीता खरेल
चन्द्रागिरी ८ मातातिर्थ
काठमाडौँ

पञ्चाङ्ग १७

हरेक वितेका पल याद आउँछ किन
बेला बेला न्याउलीले गीत गाउँछ किन
जीवन एक रफ्तारमा कहिल्यै हुँदैन
घरीघरी आँखा भरि आँसु धाउँछ किन
याद, मन मस्तिष्कमा ठाउँ पाउँछ किन ।

शोभा आचार्य गौतम
काठमाडौँ
Sabita
Sabita Khatri


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी १३ डिसेम्बर २०२४ शुक्रबारका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ‘रक्तदान जीवनदान’…

सुरक्षा अधिकारीहरूले हालै गरेको मूल्याङ्कनअनुसार १०१ बन्धकहरूमध्ये केही विदेशी कामदारहरू समेत ५० जना अझै जीवित रहेको विश्वास गरिएको छ। एक…

पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार बिहान शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा भएको हिंसामा तीन जनाको मृत्यु भएको छ ।…

प्रतिकृयाहरू
...