Monday 2nd March 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः देशको माया


देशको माया, मन मुटु………..
देशको माया, मन मुटु भित्र रहिरहन्छ 
देशमा सधैँ शान्ति होस यही गीत गाउँछ  
मैले विश्वासका साथ साँचो प्रतिज्ञा गर्छु
देशभक्त नागरिक हु देशको विषयमा बोल्छु    
 
देशमा शान्तिको ज्योति बाल्ने छौ       
सारा नेपाली राष्ट्रका लागि एकताबद्ध खडा छौँ   
देश प्रेमको लागि, हामी एकजुट छौँ 
देशको लागि मनमा प्यार राख्छौँ 
 
वीर पुर्खाहरूले देश प्रेमको लागि त्याग गरे
देश प्रेमको भावना हामीलाई सिकाए
देशको मायाले  हामीलाई एकै ठाउँमा ल्याउँछ 
 देशमा सधैँ शान्ति होस यही गीत गाउँछ    
 
भोकाहरूलाई खाना खुवाउँछौ, गरिबलाई आयआर्जनमा लगाउँछौ
हामी परोपकारी र सहयोगी भावनाले प्रेरित छौ
एकता र प्रेमको  बाटोले मनलाई उज्यालो बनाउँछ
देशको भूमि रक्षाको लागि वीर सिपाही खडा छ
 
देशको माया सधैँ दिलमा जीवित रहिरहन्छ
देशको लागि आफ्नो प्रेम र  सम्मान हुनुपर्छ
हाम्रो देशको झन्डालाई हामी सम्मान गर्छौँ
स्वतन्त्रता, न्याय र समानताको लागि,  जयजयकार गर्छौँ
 
हाम्रो देशको राम्रो भविष्य निर्माण गर्न निरन्तर लागिरहन्छौ
यो स्वतन्त्र भूमि, हामी जहाँ छौ, र जहाँ हामी सधैँ रहन्छौ
मलाई मेरो देश, शान्ति भूमि प्यारो छ
देशमा सधैँ शान्ति होस यही गीत गाउँछ ।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

यदि ईरान ले बेलैमा घुडा टेकेन भने मध्यपूर्वमा क्षेत्रिय युद्ध धेरै टाढा छैन । साईप्रस मा भएको युके को सैन्य…

इरानसँग बढ्दो तनावका बीच बेलायत, फ्रान्स र जर्मनीले अमेरिकासँग मिलेर क्षेत्रीय सुरक्षाका लागि सहकार्य गर्ने घोषणा गरेका छन्। यी तीन…

इरानी सरकारी टेलिभिजनले आइतबार बिहान सर्वोच्च नेता अली खामेनीको हत्या भएको पुष्टि गर्‍यो, जुन १९८९ पछि इरानमा सबैभन्दा ठूलो राजनीतिक…

प्रतिकृयाहरू
...