Friday 30th January 2026

गोबिन्द राज ओझाको गीति कविताः प्रेमले मान्छेलाई कवि बनाउँछ


प्रेमले मान्छेलाई कवि बनाउँछ
सपनामा आएर मायाले बोलाउँछ

मेरो मान्छे हौ छाडेर कहाँ जान सक्छु
मैले पनि मायालु पाराले सोध्न सक्छु

मेरी मायालुले मिठो शब्दले बोलाउँछौ
धेरै कुरा सिक्नु छ सिकाउने तिमी नै हौ

हामीले राम्रो संसारको कल्पना गर्नुपर्दछ
माया गर्ने मान्छे तिम्रो भर पर्नुपर्छ

म तिम्रो मायामा हराएछु जस्तो लाग्छ
सपनामा आएर मायाले बोलाउँछ ।।

-गोबिन्द राज ओझा (राजन)

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

प्रतिकृयाहरू
...