Monday 6th April 2026

दीक्षान्त समारोहमा त्रिविको कीर्तिमान


त्रिभुवन विश्वविद्यालयले विश्वरेकर्ड कायम गरेको छ। एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ले विश्वविद्यालयलाई प्रमाणपत्र दिइएको हो।
यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए। आज त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको ४९औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ।

‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ले विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुसाललाई विश्वरेकर्डको प्रमाणपत्र उपलब्ध गराएको छ।
आजको दीक्षान्त समारोह अवलोकन गर्न ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’का प्रतिनिधि नेपाल आएका थिए।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...