Tuesday 10th March 2026

जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान


इरानको जेलमा रहेकी इरानी अभियन्ता नरगिस मोहम्मदीलाइ यस वर्षको नोबेल शान्ती पुरस्कार प्रदान गरिएको छ ।

उनको तर्फबाट उनका छोराछोरीले आइतबार नर्वेको राजधानीमा आयोजित एक समारोहमा यस वर्षको नोबेल शान्ति पुरस्कार ग्रहण गरेका हुन् ।

इरानमा महिला अधिकार र प्रजातन्त्रका लागि अभियान चलाउँदै आएकी मोहम्मदीका १७ वर्षीय जुम्ल्याहा अलि र कियाना रहमानी आफ्ना बुबासँग पेरिसमा निर्वासनमा बस्दै आएका छन् ।

मोहम्मदीलाई सन् २०२३ को नोबेल शान्ति पुरस्कार अक्टोबरमा दिने घोषणा गरिएको थियो । उनी हाल तेहरानको जेलमा छिन् । उनी यसअघि पनि इरानमा कैयौं पटक पक्राउ परेकी थिइन् र कैयौं वर्ष जेल परेकी थिइन् ।

शनिबार ओस्लोमा भएको एक पत्रकार सम्मेलनमा, कियाना रहमानीले आफ्नी आमाको सन्देश पढ्दै विरोध, प्रदर्शनकारी र मानव अधिकार रक्षकहरूको आवाजलाई विश्वमा पु¥याउन अन्तर्राष्ट्रिय मिडियाले खेलेको भूमिकाको प्रशंसा गरिन् ।

कियाना रहमानीले आफ्नी आमालाई फेरि भेट्ने आशा कमै रहेको बताइन् । मोहम्मदीका भाइ र पतिले ओस्लोमा पत्रकारहरूसँग आफ्नी श्रीमतीलाई ११ वर्षदेखि नदेखेको र उनीहरूका छोराछोरीले आफ्नी आमालाई सात वर्षदेखि नदेखेको बताएका थिए ।

गत वर्ष देशको कडा हिजाब सम्बन्धी कानूनको उल्लङ्घन गरेको आरोपमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनमा मोहम्मदीले प्रमुख भूमिका खेलेकी थिइन् ।

नरगिस मोहम्मदी नोबेल शान्ति पुरस्कार जित्ने १९ औं महिला र मानवअधिकार कार्यकर्ता शिरिन इबादीले २००३ मा पुरस्कार जितेपछि दोस्रो इरानी महिला हुन् । पुरस्कारको १२२ वर्षको इतिहासमा यो पाँचौं पटक शान्ति पुरस्कार जेलमा वा नजरबन्दमा रहेका व्यक्तिलाई दिइएको हो ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...