Saturday 30th November 2024

चित्रमा पञ्चाङ्ग, भाग-९०


चित्रमा पञ्चाङ्ग
===========
भाग: ९०
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०८/०६
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको नब्बेयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

सबैले सबैको माया गरे कति जाति हुँदो रहेछ
मानिसको आफ्नै माया बेकामीको काती हुँदो रहेछ
निमुखा प्राणी नै रहेछन् मायाको भण्डार संसारमा
माया र साथले होला कमिलाको ताँती हुँदो रहेछ
आमाको माया बच्चामा सर्न अझै थाती हुँदो रहेछ ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

जिवजन्तुमा पनि माया खास हुँदोरहेछ
स्त्रीबाट मातृवात्सल्यको आस हुँदोरहेछ
सन्तानको मायाले चलेको छ आज संसार
ममता दियौ आमाको आभास हुँदोरहेछ
मिठो साथले दुख कष्ट नास हुँदोरहेछ ।

तारा घिमिरे स्वेच्छा सङ्खुवा सभा

पञ्चाङ्ग ३

श्वानमा पनि सहयोगीको भावना रहेछ
बिश्वास गर्ने नुनको सोझो पालना रहेछ
तालीम पाए हत्यारा पनि गुण छ समात्ने
नपाए खाना सन्तुष्ट लिने सामना रहेछ
हत्यारा खोज्ने अद्भुत शक्ति वासना रहेछ ।

सुरेश चन्द्र घिमिरे
कपनबाट

पञ्चाङ्ग ४

सबै पसु पन्छि हरूमा यस्तो मिठास भए
एक आर्काको मनमा प्रितीको निवास भए
यो दुनियाँ मंङ्ग बसाउँने थियो सधैभरी
फूलै फूलको बगैचा हाम्रो आस-पास भए
स्वर्ग तुल्य हुन्थ्यो यहाँ यस्तै प्रेम खास भए ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग ५

प्रकृतिले सिकाएको माया दिन पनि
घामपानी फलफूल छायाँ दिन पनि
जन्मेपछि बाँच्नलाई समाजको भर
दुखसुख बायाँ अनि दायाँ दिन पनि
जानेकै हो सानोठुलो काया दिन पनि ।

चन्द्रावती अधिकारी
कोहलपुर बाँके

पञ्चाङ्ग ६

आपतको सम्झनाले उस्तै याद आउने गर्छ
मनको आश्वसनले अर्को मन धाउने गर्छ
भोको पेटले खान पाउँदा रमाएको मुहार
प्राणीको माया जोड्दै कर्मको फल लाउने गर्छ
मायाका गीतहरू जसले पनि गाउने गर्छ ।
प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ७

जनावरको निस्वार्थ माया देखियो
प्रकृतिसँग यो रम्ने छाया देखियो
दानबरुपी मानबलाई शिक्षा हो
जनावरले पिरती लाया देखियो
सानाले ठूलाको माया पाया देखियो ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ८

ममता चरम खनिएको छ जहाँ
आत्मिय प्रेम जनिएको छ जहाँ
आपसी मेल सद्भाव विस्तारितमा
सचेतमा प्राणी बनिएको छ जहाँ
सहयोगी मन गनिएको छ जहाँ ।

जमुना आचार्य सिन्धुपाल्चोक

पञ्चाङ्ग ९

क्याबात वाह ममता अनि प्यार हेर्नुहोस्
यही त रहेछ जिउने आधार हेर्नुहोस्
हराइसक्यो प्यार र मानवता मान्छेमा
तर देखियो जन्तुमा ज्युँदो सार हेर्नुहोस्
हुँदैन कहिल्यै ममताको हार हेर्नुहोस् ।

वसन्त अनुभव
घोराही, दाङ

पञ्चाङ्ग १०

केही न केही गुण र दोष सर्ने रहेछ
जसोतसो गरी खाली पेट भर्ने रहेछ
नहुने रहेछ है घमण्ड बालापनमा
साँच्चै हर समय सँघर्ष गर्ने रहेछ
बाँच्नको लागि दूध पिउनु पर्ने रहेछ ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”

पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ११

दिन जस्तै सधैँ रात हुन पाए
जिन्दगीको मिठो बात हुन पाए
एकले अर्कोको सहयोग गर्ने
तिम्रो अनि मेरो हात हुन पाए
फूलसँगै सौम्य पात हुन पाए ।

– आर्त अकुलीन

पञ्चाङ्ग १२

सबै आमाको शिशुमा ममत्व हुन्छ
स्तनधारीमा मार्मिक अपनत्व हुन्छ
मातृत्व बोध त ईश्वरीय वरदान हो
दुधमा पोषिला गुणहरू सत्व हुन्छ
स्तनपानमा सबै पोषक तत्व हुन्छ ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग १३

समय अभावले विश्वास कुकुरमा छायो
मातृत्वको भावनाले आदरको चुली पायो
सबै सन्तान समान भन्ने सॊच भइदिए
सन्तानले मातृत्वको साइनो सजिलै लायो
खुशी भई बोतलको दुध घुटुघुटु खायो ।

सुस्मिता अधिकारी ,काठमाडौँ

पञ्चाङ्ग १४

पशुमा पनि आपसी प्रेम खास हुन्छ
आमाबाट खान पाउने ठुलो आस हुन्छ
यो संसार यही माया प्रेममा छ अल्झेको
मायामा सधैं सधैं आमाको आभास हुन्छ
मार्गदर्शनले काम गर्ने साहास हुन्छ ।

दुर्गा भट्टराई
पञ्चाङ्ग १४

न ढाट्न जान्दछ न स्वार्थ नै जान्दछ आमाको माया
मायालाई नितान्त निस्वार्थ मान्दछ आमाको माया
मायाले नै गलाउनु छ धर्ती चलाउनु छ सृष्टि
हरेक सन्तान आफ्नै मुटु ठान्दछ आमाको माया
मातृत्व यत्रो छ र त सृष्टि धान्दछ आमाको माया ।

-पशपती राई खोटाङ

पञ्चाङ्ग १५

भावुक काहानी बन्ने बात आयो
यस्तो कस्तो कठोरको रात‌ आयो
सोचेर सोचि नसक्नु तस्बिरको
सन्देशले दयाशील हात आयो
बढेर जिम्मेवारीको खात‌ आयो ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १६

साधाण भयो माया्लु भाखाको गीत पनि
कुनै प्राणी सँग जोड्या नाताको गीत पनि
घात र स्वार्थले शासन गर्न खोजेपछि
खहरेमा बदलिन्छ आशाको गीत पनि
कायम रहँदै आफ्नो बाचाको गीत पनि ।

#पृथक प्रकृति,झापा

पञ्चाङ्ग १७

मनमा पीडा भए पनि ओठमा मुस्कान देख्छ
नि:स्वार्थ मायाले ग्रहण होइन प्रदान देख्छ
कलिलो शिशु देखेपछि सबैलाई माया लाग्ने
आमा तत्त्वले सधैँ सृष्टि चक्रको विधान देख्छ
आमाको आँखाले हर बच्चालाई सन्तान देख्छ ।

श्रीकृष्ण शर्मा पोखरा

पञ्चाङ्ग १८

दुई जनावरमा माया छायो हेर
श्वास धान्ने कुरा केही त पायो हेर
एकअर्कोको भावना बुझ्न सकेर
सहयोग गर्न कुकुर धायो हेर
आमाको काखमा जसरी खायो हेर ।

शोभा आचार्य गाौतम
काठमाडौँ

पञ्चाङ्ग १९

तस्बीरै हो यहाँ जसो गर्न पनि मिल्छ।
गर्ने यौटा भ्रम अर्कै छर्न पनि मिल्छ
सबै दुनियाँमा यस्तै कहाँ पाइन्छ र
कताकतै यस्तो मेसो पर्न पनि मिल्छ
जोडजाड गरी बुट्टा भर्न पनि मिल्छ ।

घनश्याम पौडेल, सृजनाचोक, पोखरा


सम्बन्धित शीर्षकहरु

"हामी आज ईश्वरीय विजयको वातावरणमा भेटिरहेका छौं," हिजबुल्लाह प्रमुख नइम कासिमले शुक्रबार एक टेलिभिजन भाषणमा भने, "जित" 2006 मा प्राप्त…

लेबनानमा युद्धविरामपछिको आफ्नो पहिलो अन्तर्वार्तामा बोल्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा युद्धमा विराम स्वीकार गर्ने बताएका छन्। "म दक्षिणमा युद्धविरामको लागि…

रबि माथि अन्याय भएको भन्ने लाग्छ भने निशंकोच घण्टीमा मत प्रयोग गर्नुस । यो मात्र अहिले को सवै भन्दा प्रखर…

प्रतिकृयाहरू
...