Saturday 27th July 2024

गाउँका डाक्टरका नाममा महायज्ञ


अार बी बुढाथोकी – रामेछाप जिल्लाको खाडदेबी गाउ पालीका वार्ड न ६ माकादुम साउने गाउमा श्रीमदभागवत महायज्ञ सम्पन्न भएको छ । स्वर्गीय लाल बहादुर बुढाथोकी र परिबारका अन्य दिवंगत परिवारका सदस्यहरुको मुक्तिका लागि मिति २०८० मंसिर महिनाको एक गते देखि ८ गते सम्म श्रीमद्भागवत महायज्ञ लगाइएको थियो।

स्वर्गीय लाल बहादुर बुढाथोकीको स्वर्गारहण भएको मुल घरमा सम्पन्न गरिएको सो सप्ताहमा उहाका छोराहरु र बुहारीहरु,नाति नातिना सबैको सामुहिक हातेमालो सहयोग र सदभाब रहेको थियो । सप्ताह समारोहमा एक भब्य सेट सहित मण्डब ,भजन किर्तन टोली, होम स्थल तयार गरिएको थियो।

प्रमुख कथा बाचक ध्रुब प्रसाद ढुङ्गेल,उप बाचक अच्युत रिजाल र गणेश गुरुमा नारायण ढुङ्गेलको अत्यन्त राम्रो प्रस्तुती रहेको थियो। प्रमुख बाचक गुरुको कथा प्रस्तुती धेरैले मन पराएर २ हजार भन्दा धेरै श्रोताले अमृतबाणी श्रवण गरेका थिए। भजन मण्डली टोलीको पनि अत्यधिक प्रसम्सा गरिएको थियो। प्रमुख भजन गायक ददिराम मैनाली लगायतको टोलीले अत्याधुनिक बाध्यबाधन सहित सबैलाइ मोहित तुल्याउनु भएको थियो।

सो महायज्ञमा खाडदेबी गाउपालिका प्रमुख ज्ञान कुमार श्रेस्ठ,उप प्रमुख रमा घिसिङ्ग,स्थानिय पहरी प्रमुख,६ वडाका अध्यक्ष तथा समाजसेबी नारायण कार्की,३ वडाका अध्यक्ष पुस्कर कार्की, स्थानिय विद्यालयका प्रधान अध्यापक,शिक्षक,महिला शिक्षक र विद्यार्थीहरुको उलेख्य उपस्थित रहेको थियो।

महायज्ञ पश्चात आठै दिनमा बेनीको त्रिबेणीमा बिहानै पाती सेलाउने कार्य तथा सम्पुर्ण परिवारका दिवंगत आत्माहरुको श्राद्द तथा तर्पण दिएर सप्ताह महायज्ञको समापन गरिएको थियो । सो पबित्र समारोहमा ७ जना बालकहरुको ब्रतबन्धको कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।

को हुन स्वर्गीय लाल बहादुर बुढाथोकी ?

लाल बहादुर बुढाथोकी रामेछाप जिल्ला तत्कालिन गागल(माकादुम) गाउ पन्चायतका एक बुद्दिजीबी,समाजसेबी,राजनितिक कर्मी,शिक्षाबिद,गाउका डाक्टर भनेर चिनिएका ब्यक्ति हुन। श्री बुद्द भवानी विद्यालय साउनेका तत्कालिन संचालक समितिका अध्यक्ष समेत रहेका बुढाथोकी गाउका एक बुज्रुक ब्यक्तित्व हुनुहुन्थ्यो।

उहाको पिता दल बहादुरको एक छोरा भएता पनि उहाको भने ११ छोरा र ५ वटी छोरी थिए । छोरा नातिहरु कोहि अमेरिका,कोहि क्यानाडा, कोहि अस्टेलिया रहेका छन। ११ भाइ छोरा र ५ बहिनी छोरीका सन्तानले डाडाकाडा ढाकेका छन। अधिकाम्स छोरानाति र छोरीहरु शहरमा रहने हुदा पिताको सम्झनामा आफ्नै गाउ ठाउमा र जन्मथलोमा जम्मा भएर देउकार्य गर्ने चलन छ।

स्थानिय बाउ बाजेको कुनै पनि श्री सम्पती नबेची उनका छोरा नातिले अमेरिका तथा अस्टेलियामा ,क्यानडा र काठमन्डैमा बसोबासको ब्यबस्था जुटाएका छन। गाउका सबैले लाल बहादुर बुढाथोकीलाइ गाउका डाक्टर मात्र भनेर चिन्दैन थिए कि एक एक बैद्य, कृषि बिज्ञ, काली देबीका भक्त भनेर पनि चिनिन्छन । ऊहाको नाममा छोरा नातीले एक अक्षयकोषको समेत स्थापना गरेका छन ।


सम्बन्धित शीर्षकहरु

भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स विगत केही दिनदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेकी छिन् । विलियम्ससँग उनका…

चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको सीआरजे-७ (९एन-एएमई) हवाईजहाज बुधबार बिहान दुर्घटनामा पर्दा १८ जनाको मृृत्यु भयो भने…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...