Saturday 30th November 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय दुई भाग (१०२)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०७/०६
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : आफू खुसी मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
बडा दशैँ महानवमी परेकाले दशैँ विशेष पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

बडा दशैँको शुभकामना दिएँ मैले
संसार भरको खुसी जति लिएँ
सुख, शान्ति र समृद्धिले भरियोस् मन
हातेमालोको जिन्दगी यो जिएँ मैले
आशावादीका अमृत धारा पिएँ मैले ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

हेर्दाहेर्दै चाडपर्वको स्वरुप फेरिएको छ
देशबाट प्रत्येक घर महत्व घेरिएको छ
मान्यले सत्य बोल्न र एकनास गर्न नसक्दा
एकताको मालामा कलह बिउ बेरिएको छ
माया गर्नेलाई समेत शंकाले हेरिएको छ ।

सुस्मिता अधिकारी ,काठमाडौँ ।

पञ्चाङ्ग ३

सबैलाई देश भक्तीको रहर हुनुपर्छ
हृदयभित्र खोला अनी बगर हुनुपर्छ
थाहा छ मानिस भयर यहां जन्मिएपछि
शङ्घर्ष हाम्रो जिवनको सफर हुनुपर्छ
समाजमा देशभक्तको कदर हुनुपर्छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग ४

कठै! यो समाज डरायो किन हो
बढी भयो भन्दै करायो किन हो
मूल्यवान् बनायो यही समाजले
तर मेरो मूल्य हरायो किन हो
दसैँको च्याङ्ग्राझैँ गरायो किन हो !

श्रीकृष्ण शर्मा पोखरा

समपञ्चाङ्ग ५
१//
आज बडा दशैँको टिका लाउने दिन
आशिर्बादको खुसीमा रमाउने दिन
विजय दशैँको मनग्गे शुभकामना
मनमा खुसीको आशय फाउने दिन
इतिहासमा बडादशैँ राउने दिन ।
२//
नयाँ नयाँ वस्त्र पैरेर भाउने दिन
दुःख पीडा बिर्सँदा हर्ष छाउने दिन
उत्तरोत्तर प्रगतिको उच्च शुभेच्छा
सुखैसुखका लयहरू गाउने दिन
सकारात्मक विजय मनाउने दिन ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग ६
अभाव यस्तो, भनौ र कस्तो,बदर गर्दैन
आमाको दूध, खाएर होला, असर गर्दैन
दुखेको मन, रुकेको तन, देखाउँ कसरी
लौ भन त नि खुसीले पनि, सफर गर्दैन
मृत्युले गनी, कहिल्यै पनि, खबर गर्दैन ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ७

सबैको रहनेछअब हर्षित मन बडादशैँमा
खर्च गर्नका लागि पुगोस् धन बडादशैँमा
आशिषसँगै राताटीकाले निधार भरियोस्
मायासँगसँगै हुनेछ आफ्नोपन बडादशैँमा ।

कार्की डिबी माकुम
सुनवल -४, नवलपरासी

पञ्चाङ्ग ८

अहिलेसम्म फर्केर आएन बाल्यकाल
सम्झेर पनि लर्केर आएन बाल्यकाल
बितेपछि बित्यो कहानी समाप्त रहेछ
साउन जस्तो दर्केर आएन बाल्यकाल
यादले पनि सर्केर आएन बाल्यकाल ।

#पृथक प्रकृति,झापा

पञ्चाङ्ग ९
विजयादशमीको छ शुभकामना सबैमा
राष्ट्रियपर्वको गरौँ भव्य सामना सबैमा
वर्षको एक पटक आउने पर्व दशैँ यो
हर्षो उल्लासले मनाउने चाहना सबैमा
खुसी,प्रेम र सदभावको भावना सबैमा ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १०

वडा दशैंको रातो टीका र जमरो तिमीलाई
चाडमा घर लिपपोत गर्ने कमेरो तिमीलाई
सुख शान्ति समृद्धि र ऐश्वर्यले छाओस् सधैँ
रंगीचंगी फुलबारीको कालो भमरो तिमीलाई
सातै जुनि सम्म नछुटिने म र मेरो तिमीलाई ।

प्रदीप के रिमाल
इटहरी सुनसरी।

पञ्चाङ्ग ११

ज्ञानको प्रकाश बालेर सत्मार्गको बाटोमा हिन्नु पर्छ अब
भ्रमले पुरिएको असत्यलाई उघारेर चिन्नुपर्छ अब
भाइ भाइ बिच एकता ल्याइदेओस् बिजया दशमी चाडले
अहिलेसम्म पालिएका यी अहंकारलाई छिन्नु पर्छ अब
मनभित्रका वैमनस्यता मनकै जाँतोमा पिन्नु पर्छ अब ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १२

चाडपर्व आयो गरिबीका सपना बुनेर बसेँ
प्रदेशी घर फर्किदै आउने दिन सुनेर बसेँ
हुने खानेको घमण्ड बेग्लै छ समाज अचेल
मनमा सुनौला ति आशा भरोसा तुनेर बसेँ
बडा दसैँ शुभकामना मनमा गुनेर बसेँ ।

तारा घिमिरे सङ्खुवासभा

पञ्चाङ्ग १३

पानको पात सम्झेर
प्रेमिल बात सम्झेर
अथाह मन दुखेको
दिएको घात सम्झेर
रोएको रात सम्झेर ।

– आर्त अकुलीन

पञ्चाङ्ग १४

फाटेको मन टुक्रिृएको मुटु सिउँदै बसेको छुँ
गई सक्यो बर्खा लाई सक्यो हिउँदै बसेको छु
म यस्पालिको दशैमा घर आउँन पाईन आमा
अर्को सालको भरमा जीवन जिउँदै बसेको छु
परदेशीक जीवन झरेका आँसु पिउँदै बसेको छु ।

मनोज रानाबन्गाड कुपिण्डे नगर पालिका ३सल्यान


सम्बन्धित शीर्षकहरु

"हामी आज ईश्वरीय विजयको वातावरणमा भेटिरहेका छौं," हिजबुल्लाह प्रमुख नइम कासिमले शुक्रबार एक टेलिभिजन भाषणमा भने, "जित" 2006 मा प्राप्त…

लेबनानमा युद्धविरामपछिको आफ्नो पहिलो अन्तर्वार्तामा बोल्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा युद्धमा विराम स्वीकार गर्ने बताएका छन्। "म दक्षिणमा युद्धविरामको लागि…

रबि माथि अन्याय भएको भन्ने लाग्छ भने निशंकोच घण्टीमा मत प्रयोग गर्नुस । यो मात्र अहिले को सवै भन्दा प्रखर…

प्रतिकृयाहरू
...