Monday 12th January 2026

इजरायली आक्रमणका ‘मास्टर माइन्ड’ मारेको इजरायलको दाबी


एजेन्सि-गाजामा लगातार बमबारी जारी छ। हिजो राति भएको यो युद्धमा इजरायली रक्षा बलले ठूलो सफलता हासिल गरेको समाचार छ।

इजरायली सेनाका अनुसार आइडीएफका लडाकु विमानहरूले हमासका लडाकु विमानका प्रमुख एसेम अबु रकाबालाई आक्रमण गरेका थिए, जुन आक्रामणमा उनको मृत्यु भएको छ।

हमासले गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्ने डरलाग्दो योजना बनाउनमा अबु रकाबाको संलग्नता रहेको इजरायलले आरोप लगाउँदै आएको थियो। उसका अनुसार रकाबाले प्याराग्लाइडरमा इजरायलमा घुसपैठ गर्ने आतंककारीहरूलाई आदेश दिएका थिए र इजरायली सैन्य लक्ष्यहरूमा ड्रोन आक्रमणका लागि जिम्मेवार थिए। आइडिएफले ट्वीट गर्दै यो जानकारी दिएको हो।

‘रातभर आइडीएफका लडाकु विमानहरूले हमासको हवाई एरेका प्रमुख असाम अबू रकाबालाई आक्रमण गरे। अबु रकाबा हमासको ड्रोन, प्याराग्लाइडर, हवाई पत्ता लगाउने र रक्षाको लागि जिम्मेवार थिए।

उनी अक्टोबर ८ मा भएको नरसंहारको योजना बनाउनमा संलग्न थिए र प्याराग्लाइडरहरूमा इजरायलमा घुसपैठ गर्ने र ड्रोन आक्रमण गर्ने आतंककारीहरूलाई आदेश उनैले दिएका थिए।’


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...