Thursday 8th October 2026

यूएईलाई हराउँदै नेपालले जित्यो एसीसी १९ वर्ष मुनिको प्रिमियर कपको उपाधि


युएईलाई हराउदै एसीसी १९ बर्ष मुनिको प्रीमियम कपको उपाधी नेपालले जितेको छ। जितको लागि २ सय ८१ रनको लक्ष्य पछ्याएको यूएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि वर्षाको कारण लामो समय खेल रोकिँदा यूएईले २७ ओभरमा १ सय ९८ रनको लक्ष्य पाएको थियो ।

यूएईका ध्रुव पराशरले ४९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रन बनाए । कप्तान आयन खान २४ बलमा १ चौका र २ छक्कासहित ३० तथा अर्यांश शर्मा ३७ बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए । अरु कुनै पनि यूएईका ब्याटरले राम्रो गर्न सकेनन् ।

नेपालका आकाश त्रिपाठीले ५ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । सुवास भण्डारीले ५ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले २ र हेमन्त धामीले एक विकेट लिए । त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८० रन बनाएको थियो ।

नेपालको जितमा देव खनालले ९२ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए । कमजोर शुरुवात गरेको नेपाललाई अर्जुन र देव मिलेर तेस्रो विकेटका लागि एक सय ३२ बलमा एक सय २५ रनको शतकीय साझेदारी गरेका थिए ।

ओपनर दीपक बोहरा ५ र आकाश त्रिपाठी शून्यमा आउट भएका थिए । दीपक डुम्रे २८ रनमा आउट भए । पाँचौँ विकेटका लागि उत्तम र दीपक डुम्रेल ५८ रनको साझेदारी गरेका थिए । यूएईका तीव्र गतिका बलर हरित शेठ्ठीले ५ विकेट लिए ।

कप्तान आयन खानले २ विकेट लिए । नेपाल एसिया कपमा पनि छनोट भएको छ । नेपाल, यूएई र जापान प्रिमियर कपबाट एसिया कपको लागि छनोट भएका हुन् । एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।

-उज्यालो अनलाइनबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...