Thursday 3rd September 2026

बडा दशैंको साताैं दिन आज गोरखा दरबारको फुलपाती हनुमान ढोका दरबारमा भित्र्याइँदै


आज बडा दशैंको साताैं दिन फुलपाती । आज पृथ्वीनारायण शाहको पालादेखि चलिए आएको गोरखा दरबारको फुलपाती हनुमान ढोका दरबारमा भित्र्याइँदै छ । गोरखा दरबारबाट यसपालीको फूलपाती काठमाडौँस्थित हनुमानढोका पठाइएको छ । गोरखा दरबारस्थित कालिका मन्दिरको दसैंघरबाट काठमाडौं हनुमानढोकाको दसैंघरमा भित्र्याउने फुलपाती शनिबार बिहान आठ बजे विधिवत रुपमा फुलपाती काठमाडौंको हनुमानढोका पठाइएको हो । यस वर्ष गोरखा दरबारसँगै लिगलिकोटबाट ल्याइएको फुलपाती सहित बाजागाजा र हर्षोउल्लसाका साथ फुलपाती काठमाडौं हनुमानढोका पठाइएको हो ।

पहिले नुवाकोट हुँदै हिँडाएर लगिने डोली आजभोलि गाडीमा चढाएर पठाउन थालिएको छ । पृथ्वी नारायण शाहले काठमाडौँ एकीकरण गरेपछि गोरखाको संस्कार संस्कृति जोगाउनका लागि र त्यसबाट शक्ति आर्जन हुने विश्वासका साथ फूलपातीको डोली नियमित काठमाडौँ पठाउन थालिएको हो । गोरखाबाट पठाइएको फुलपाती हनुमान ढोका पुगेपछि हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने चलन छ ।

नवदुर्गाको पुजाको लागिफुलपातीको अघिल्लो दिन नै बलीपूजा सम्पन्न गरि गोरखा दरवारका सुसारेहरुले अमराइ, ठुलो वन लगायतका जंगलबाट नौ प्रकारका प्रजातिका फुलपत्र संकलन गरि हनुमानढोका पठाउने गरिनछ । गोरखा दरबारबाट हनुमानढोका दरबारमा फुलपाती भित्र्याउने परम्परा निकै पुरानो हो । पृथ्वी नारायण शाहले काठमाडौँ एकीकरण गरेपछि गोरखाको संस्कार संस्कृति जोगाउनका लागि र त्यसबाट शक्ति आर्जन हुने विश्वासका साथ फूलपातीको डोली नियमित काठमाडौँ पठाउन थालिएको हो ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

प्रतिकृयाहरू
...