Saturday 28th March 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः त्यो सुन्दर टोपी


त्यो सुन्दर टोपी, सधैँ मलाई……………….
त्यो सुन्दर टोपी, सधैँ मलाई छक्क पारेको छ    
म सक्दिन अलग हुन सधैँ भरी साथ चाहिन्छ
 
बाटोमा भेट भयो तर म तिमीसँग बोल्न सक्दिन
हामी सँग समय छ सक्ने छौ दुई मुटु जोडन
पहिले देखिको प्रेम मनमा लुकेर बसेको छ
मुस्कानको जिज्ञासु लहरहरू अझै सोध्न बाकी छ
 
म गएपछि के हुन्छ सबै कुरा अनुमान गर्छु
तिम्रो यादमा आँखाबाट आशु झारी रुन्छु
जुन कल्पनामा विगतका परिदृश्यहरू यात्रा गर्दछ
सुन्दर शब्द बोल्यौ मैले सम्झन सक्नुपर्छ ।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...