Sunday 18th October 2026

राष्ट्रपति पौडेलद्वारा एनआरएनएको अधिवेशन सोल्टीमा उद्घाटन


राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ अधिवेशनको उद्घाटन गरेका छन् ।
मंगलबार काठमडौंको सोल्टी होटलमा पौडेलले अधिवेशनको उद्घाटन गरेका हुन् । नयाँ नेतृत्व चयनसहित अधिवेशन ४ दिनसम्म चल्नेछ ।

सन् २००३ अक्टुबरमा स्थापना भएको एनआरएनए विश्वका ८७ देशमा विस्तार भैसकेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा हाँसिल गरेको ज्ञान, सिप र लगानी नेपालको विकासमा महत्त्वपूर्ण हुने बताएका छन् ।

साउदले एनआरएनएहरू विदेशी नियोगसँग सहकार्य गरी नेपालमा लगानी भित्र्याउन, पर्यटक भित्र्याउन, नेपाली वस्तु विदेशमा निर्यात गर्न र नेपालको गौरवगाथा विश्वभर फैलाउन सक्ने बताएका छन् ।

अधिवेशनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी हुँदै छन् । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वकालागि ४ जनाको उम्मेदवारी परेको छ ।
संघको निर्वाचन समितिका अनुसार अध्यक्षमा महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा, रविना थापा र डा.बद्री केसीले उम्मेदवारी दर्ता गरेका छन् ।

अधिवेशनसँगै एनआरएनएको तेस्रो ज्ञान सम्मेलन पनि हुँदै छ । अधिवेशनको शुक्रबार हुने समापन कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम छ ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...