Saturday 22nd February 2025

चित्रमा पञ्चाङ्ग, भाग – ८३


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/०६/१८
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
—————–
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
—————
गुणनिधि घिमिरे
समायोजक
————
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको त्रियासीयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १
पृथ्वी सबैको साझा हो मिलजुल गरेर बाँचौँ
मान्छे पशु किट पतङ्ग आँखा नतरेर बाँचौँ
ढुङ्गा होईन हजुर बरू खानेकुरा पाऊँ न
आँट्नु पर्छ सबै यहाँ यता उता सरेर बाँचौँ
प्राण उस्तै हो सबैको यहाँ लागी परेर बाँचौँ ।
गुणनिधि घिमिरे
अमेरिका
पञ्चाङ्ग २
रिस गर्नेहरू जलिरहन्छन्
आगो जसै गरी बलिरहन्छन्
जहाँ पनि स्वार्थका थैलाहरू
विष वृक्षमाथि फलिरहन्छन्
आफै अचानक ढलिरहन्छन् ।
– आर्त अकुलीन
पञ्चाङ्ग ३
मलाई हेलत्वको दृष्टिले नहेर्नु न है
अधिकारमा अत्याचारले नघेर्नु न है
महत्त्व कुनै दिन आउनेछ मेरो पनि
मनको महाजालोले कडा नबेर्नु न है
म सबैको सेवक हुँ अर्को नफेर्नु न है ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ४
घर मालिकलाई सर्बोश्व ठान्छ यो
सन्तोषि भइ दिएको मात्र खान्छ यो
लिपेको ठाउँमा पबित्र गरी दिने
दोषीलाई पत्ता लगाइ नै जान्छ यो
बिश्वासघात नगरी कुरा मान्छ यो ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ५
ढुङ्गा हाने आफैतिर फर्किन पनि सक्छ
हानिएको व्यक्ति अन्तै तर्किन पनि सक्छ
आत्मा दुखाउन हुन्न कसैको पनि यहाँ
शिसाको मुटु हो भने चर्किन पनि सक्छ
जनावरै किन नहोस् झर्किन पनि सक्छ ।।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग ६
सधै घरको रक्षा गर्छु म
पेट भर्न तिम्रै भर पर्छु म
हाम्रो आपसी सम्बन्ध गाढा छ
खान खाएर यो भोक हर्छु म
नत्र अनेत्र नै डेरा सर्छु म ।
दुर्गा भट्टराई
पञ्चाङ्ग ७
तिम्रो रक्षा मैले गर्दिन्छु तिमी गर्नु मेरो
धरो धर्म ढाट्या होइन भर पर्नु मेरो
नङ्ग र मासुको जस्तो हाम्रो सम्बन्ध रहोस्
भोक प्यास् लाग्दा खान दिई भोक हर्नु मेरो
कहिले म झम्टा हान्छु छेउ नसर्नु मेरो ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ८
पर्यावरण हो हाम्रो निशाना,हाम्रो लक्ष्य चुक्नु हुन्न
मिल्नुपर्छ सबै यहाँ एकले अर्कालाई थुक्नु हुन्न
सबैको साझा घर यो पृथ्वीमा अस्तित्व सबैको रहोस्
यहाँ हरिणलाई देख्दा कुकुर कहिल्यै भुक्नु हुन्न
जागृत होस् दया प्राणीमा मुहान कहिल्यै सुक्नु हुन्न ।
-पशपति राई खोटाङ ।
पञ्चाङ्ग ९
यो चराचर जगत सबैको साझा हुनुपर्छ
गास बास जिव जन्तुहरूको ताजा हुनुपर्छ
मानिस हुँन सबैभन्दा चेतनसिल भनौँदा
मान्छेले ठान्छन् आफै जगतकै राजा हुनुपर्छ
अन्नले अघाएन भन्छन् जन्तु खाजा हुनुपर्छ ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग १०
जन्म लिने सबैले बाँच्न पाउनु पर्छ
यो पापी पेट भर्न सधैं धाउनु पर्छ
बाँच्न पनि सजिले कहाँ छ दुनियाँमा
र दुश्मनसँग मितेरी लाउनु पर्छ
पेट भर्न सबैको गीत गाउनु पर्छ ।
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग ११
तिम्रो रक्षा मैले गर्दछु मेरो गर्नु तिमी
कुरी बसुँला दिन रात भर पर्नु तिमी
भैरव मानी पूजा गर्छौ सन्तान झैँ माया
मान्छे आएमा भुक्दा हेर्दै तल झर्नु तिमी
थाहा हुन्छ नराम्रा गुण पत्ता छर्नु तिमी ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग १२
कसैले हेप्नु हुँदैन मेरो पनि बाँच्ने अधिकार छ
एकदम अरुले झैं केही आशा साँच्ने अधिकार छ
यो साझा धर्तीमा बस्न आकाशलाई ओढ्न हेर्न सक्छु
र त मलाई राम्रोसँग खुलेर नाँच्ने अधिकार छ
यात्रा गर्दागर्दै बिझ्छ काँडाहरु भाँच्न अधिकार छ ।
#पृथक प्रकृति ,झापा
पञ्चाङ्ग १३
इमान्दार साथी बन्न सक्छ गरे हेरचाह यहाँ
अपराध सब गन्न सक्छ तालिम लिएर यहाँ
मिलेर बसे एक अर्काका साहारा बन्न सकिन्छ
म पनि धर्तिको भन्न सक्छ दिएमा आहारा यहाँ
मायाले घृणा त्यो खन्न सक्छ सच्चा साथी बनि यहाँ ।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग १४
ढुङ्गाले होइने बिस्कुटले हान मलाई
विधिवत तरिकाले सधैँ मान मलाई
कुकुर भनेर हेला नगर्नु पाले हो म
यमराजको यमदुत नै जान मलाई
मीठो मीठो पकवान देउ खान मलाई ।
सोमनाथ लुइटेल “रवि पाल्पाली”
पाल्पा हाल बर्दिया ।
पञ्चाङ्ग १५
संसारमा सारा इश्वरको देन जान्नुपर्छ यहाँ
मानव र जानवर दुबै प्राणी मान्नुपर्छ यहाँ
कुकुर नै सबैभन्दा बफादार प्राणी संसारमा
हाम्रो सुरक्षाको लागि कुकुर नै छान्नुपर्छ यहाँ
सुद्धता पार्नको लागि मरून्जेल हान्नुपर्छ यहाँ ।
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
सम पञ्चाङ्ग १६

केवल मान्छेले रजाइँ गर्छ यहाँ
सबैको अस्तित्व रहुनु पर्छ यहाँ
आफूलाई मात्र सोच्नेहरूले बुझ
सहयोगले मात्रै दुःख टर्छ यहाँ
एकबिना अर्को अवश्य मर्छ यहाँ ।

एकको दुःख अर्कोमा नि सर्छ यहाँ
पीडामा सबैको आँसु नै झर्छ यहाँ
सह अस्तित्वको भाव बेचेर मान्छे
जान्ने सुन्ने भएको भ्रम छर्छ यहाँ
साँघु भए पो खुट्टा खोला तर्छ यहाँ ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग १७
संसार हाम्रो एक अर्काको भर हुन्छ
तिमी अनि हामी मिल्दामा सहर हुन्छ
सृष्टिका सबैको महत्त्व छ जगतमा
एक अर्काको मिलेमहतो घर हुन्छ
साझा छ समस्या भोकदेखि डर हुन्छ ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

हमासले शिरी बिबासको अवशेष इजरायललाई नभई गाजाकी एक महिलाको अवशेष हस्तान्तरण गरेको खुलासा भएपछि "हमासले सम्झौता उल्लङ्घनको पूर्ण मूल्य चुकाउनेछ,"…

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले संगमको पानी दूषित भएको रिपोर्टलाई अस्वीकार गरेका छन् । फेब्रुअरी 19 मा, सीएम योगीले केन्द्रीय…

होम्स, सिरिया: एक पटक बसर असद विरुद्ध क्रान्तिको राजधानी भनेर चिनिने होम्सले सिरियाको गृहयुद्धमा सबैभन्दा भीषण लडाइँ देख्यो। अहिले विस्थापितहरू…

प्रतिकृयाहरू
...