Friday 30th January 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः तिम्रो लागि


मैले हातमा समातेको गुलाबको…………………
मैले हातमा समातेको गुलाबको फूल तिम्रो लागि हो
गुलाबको फूल सँगै माया प्रेमको नयाँ आभास भो
तिम्रो  बोली धेरै मीठो छ
तिमी मेरो माया हौ मनमा माया छ
 
कुनै पनि कुराले हाम्रो माया प्रेम रोक्न सक्दैन
खोला पारि गएर बस्छौ,कसैले पनि देख्ने छैन
मेरो मनमा कुनै चिन्ता छैन किनकि तिमी मेरो हौ
 म तिम्रो हुँ आउँ हृदयमा बास  गर्नेछौ
 
किनकि म तिमीलाई माया गर्छु  तिमी मलाई माया गर्छौ
हाम्रो प्रेम सधैँभरि रही रहनेछ प्रेममय कुराकानी गर्नेछौ
मैले हातमा समातेको गुलाबको फूल तिम्रो लागि हो
गुलाबको फूल सँगै माया प्रेमको नयाँ आभास भो ।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...