Saturday 28th March 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः तिम्रो लागि


मैले हातमा समातेको गुलाबको…………………
मैले हातमा समातेको गुलाबको फूल तिम्रो लागि हो
गुलाबको फूल सँगै माया प्रेमको नयाँ आभास भो
तिम्रो  बोली धेरै मीठो छ
तिमी मेरो माया हौ मनमा माया छ
 
कुनै पनि कुराले हाम्रो माया प्रेम रोक्न सक्दैन
खोला पारि गएर बस्छौ,कसैले पनि देख्ने छैन
मेरो मनमा कुनै चिन्ता छैन किनकि तिमी मेरो हौ
 म तिम्रो हुँ आउँ हृदयमा बास  गर्नेछौ
 
किनकि म तिमीलाई माया गर्छु  तिमी मलाई माया गर्छौ
हाम्रो प्रेम सधैँभरि रही रहनेछ प्रेममय कुराकानी गर्नेछौ
मैले हातमा समातेको गुलाबको फूल तिम्रो लागि हो
गुलाबको फूल सँगै माया प्रेमको नयाँ आभास भो ।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...