Tuesday 6th October 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः तिम्रो मायाले


तिम्रो मायाले होला म…………
तिम्रो मायाले होला म बाचेको छु    
म खुसी छु, हो हृदयबाट खुसी छु
कुनै पनि समयमा भेट्छु जस्तो लाग्छ
झरनाहरू नदीमा मिले झैँ माया मनमा गएर मिल्छ 
 
राम्रोसँग बिदा गर, मनमा माया बोकेर जाँदै छु    
म जति टाढा भए पनि फेरि आउने छु
तिमीलाई समयको अन्त्यसम्म माया गर्नेछु
म तिमीलाई कदर गर्नेछु, मेरो प्रिय माया गरिरहने छु
 
हृदयमा सधैँ मायाको घण्टी बज्छ
किनकि जीवन जीवन हो र प्रेमले मन छुन्छ
तिम्रो मिठो मायाको यादले मनमा खुसी ल्याउँछ
तिमि यहाँ बस्छौ मेरो नजरमा डेरा छ
 
 
के तिमी अगाडि बढ्छौ  तिम्रो प्रशंसाले अझै ठाउँ पाउनेछ
तिम्रा मिठा विचारहरूमा मेरो सम्झनामा छ
यति मात्र बोले  म तिमीलाई धेरै माया गर्छु
म खुसी छु, हो हृदयबाट खुसी छु ।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...