“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/०६/०८
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : खातमा, घातमा, जातमा, पातमा, बातमा, भातमा, मातमा, रातमा, हातमा आदि ।
दोहोरिने अन्तिम शब्द :- आफूखुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
व्यवहारले घातमा रमाउने बानी परेको छ
एक्लो पनले रातमा रमाउने बानी परेको छ
के छ र संसार आज मरे भोलि दुई दिन हुने
अभावले हो भातमा रमाउने बानी परेको छ
ठुलो र सानो जातमा रमाउने बानी परेको छ ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
नजानु कतै बोलाउन सक्छ रातमा कसले
स्वार्थ मिलेन भने मार्न सक्छ बातमा कसैले
यो स्वार्थी दुनियाँमा भरोसा कसैको छैन यहाँ
विश्वास गर्दा एकदिन पार्ला घातमा कसैले
शक्तिको नशा चढेपछि हान्ला मातमा कसैले ।
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङग ३
आजभोलि मान्छे जातमा रमाए
काम भन्दा बढी बातमा रमाए
वास्तविकता बुझ्न लागेन कोही
देखियो नशाको मातमा रमाए
विश्वास विरुद्ध घातमा रमाए ।
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३,काभ्रे
पञ्चाङ्ग ४
मरुभूमि समान हुन्छ बातमा के बुझ्छौ तिमीले
एकले गर्दैन अर्काको जातमा के बुझ्छौ तिमीले
मनले मन गाल्यो होला,पैसाले मुख टाल्यो होला
भन्नै नसक्ने वेदनाका खातमा के बुझ्छौ तिमीले
सदर भित्रै गुम्साएर रातमा के बुझ्छौ तिमीले ?
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ५
पहिले इनै जनता पनि मासु भातमा रमाए
एक आर्काकै बिरूद्ध उनै दिन रातमा रमाए
अहिले देशमा महंगी धेरै भ्रष्टाचार भयो भन्छन्
घरी क्षेत्रिय भने घरी आ आफ्नै जातमा रमाए
देश भिरमा नागरिक आफ्नो औकातमा रमाए ।
सुरेशकुमार पाण्डे
घोराही १८दाङ
पञ्चाङ्ग ६
आजभोलि मान्छेहरू जातमा हराए छन्
ठुला ठुला मानिसको बातमा हराए छन्
जिन्दगीको लामो बाटो उकाली ओरालीमा
घाम खोज्ने काम गर्दा रातमा हराए छन्
किन होला नियतीको घातमा हराए छन् ।
– आर्त अकुली, कैलाली
पञ्चाङ्ग ७
नराम्रो सोच भएकाले बोलाउँछन् रातमा हेर
थोरै मन् नमिल्दा हुल्दुंगा मच्चाउँछन् बातमा हेर
सकभर हर क्षेत्रमा सचेत् हुनुपर्छ हामीले
नत्र त सारै नराम्रो गरी पार्नेछन् घातमा हेर
केही निहुँ नपाए खोट लगाउँछन् जातमा हेर ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ८
प्रेम पत्र लेख्यौ तिमीले पातमा हेर
मिठा गफ दिई भुलायौ रातमा हेर
आखिर टाढिनु पर्ने के कारण थियो
हो एउटा कारण देख्यौ जातमा हेर
आफुले बोलेका शब्दको बातमा हेर ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ९
सस्कृति मास्न सल्काउने झिल्को जात रहेछ
सबै जात समान भन्ने राम्रो बात रहेछ
ज्ञान रुपी दैलो उघार मानवता देखिन्छ
सुख दुःख जान्छ आउछ दिन रात रहेछ
फाइदा लिएर पछार्ने ठुलो घात रहेछ ।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग १०
फूल छोडेर पातमा रमायौ
बिहान बिर्स्यौ रातमा रमायौ
साँचो मायाको नाटक गरेर
मेरै शत्रुको हातमा रमायौ
बिछोडमा थेँ घातमा रमायौ ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग ११
१.
अब विश्वास हुँदैन घात पाएपछि
बिखपूर्ण एकदम बात पाएपछि
भ्रम भनी चित्त बुझाउने ठाँउ छैन
पुनः दोष आरोपको खात पाएपछि
बहानामा कटाक्षको मात पाएपछि ।
२.
सम्झना छ जुनेली रात अहिलेसम्म
समाई हिँड्या तिम्रो हात अहिलेसम्म
हामीले देउरालीमा चढाउन भनी
मिलेर टिप्या फूलपात अहिलेसम्म
गरेका कति मिठा बात अहिलेसम्म ।
#पृथक प्रकृति,झापा
पञ्चाङ्ग १२
भन्दै मेरि प्राण समाती हातमा डुलायौ
सुन्दर भबिष्य संसार बातमा डुलायौ
कुरा भित्री बाहिरी कपटी बुझ्न सकिन
तिम्रो भरिएको जवानी मातमा डुलायौ
रस रंग लुटि स्वार्थिले घातमा डुलायौ ।
गणेश पौडेल
कालिका ६ चितवन।
पञ्चाङ्ग १३
फूलको सुन्दरता दाजिन्छ र पातमा कहीँ
मानव रगत फरक हुन्छ जातमा कहीँ
हरेक चिज हेर्ने दृस्टी, सोचमा भर पर्छ
दिनमा चम्किने सुर्य देखिन्छ रातमा कहीँ
कसैले विश्वास गर्छ र झुठो बातमा कहीँ ।
शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग १४
फूलको छाया पातमा बस्यो
माया त तिम्रो हातमा बस्यो
आँ गर्दा अलङ्कार बुझ्दछौ
प्रित जुनेली रातमा बस्यो
मन मोहनी बातमा बस्यो ।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग १५
छिर्दै कति बढ्नु मान्छेका खातमा हेर
दिन आफ्नो फिर्छ फिर्दैन रातमा हेर
सबैको भर कहाँ हुन्छ र महोदय
विश्वासिलो हुन्न जिब्रोकै बातमा हेर
आम्दानी हुन्छ भए काम हातमा हेर ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग १६
नाचेरै जिउनुछ जिन्दगी कर्कलाकै पातमा भएपनि
विश्वास गर्नु छ यसैलाई जतिसुकै घातमा भएपनि
लिला रच्नुछ अनेक सपना देख्नु छ थरीथरीका यहाँ
लाटोकोसेरो झैं दिनमै या अधेरी नै रातमा भएपनि
मिठो निद्रा निदाउनुछ सपनाकै त्यो खातमा भएपनि ।
-पशपति राई खोटाङ ।
पञ्चाङ्ग १७
पहिलो पहिलो भेट मायाको खात आयो हजुर
मिठो मिठो मन बहकाउने बात आयो हजुर
भोको ब्यासोले सिनो लछे झै लुछेपछि यो जवान
हाम्रो बिहेको कुरा अघि सार्दा जात आयो हजुर
अधकल्चो रेटेर बाँच्नु भनि घात आयो हजुर ।
संगीता खरेल
चन्द्रागिरी ८ मातातिर्थ काठमाडौँ
पञ्चाङ्ग १८
आकाशको जून पनि झार्छु भन्ने सन्देह धरी बातमा लुकेको हुन्छ
होचो नीच देखि उच्च स्थानको मिथ्याज्ञान सारा जातमा लुकेको हुन्छ
कति सजिलै यताउता पन्साइ दिन्छन् कुरामा मिठास मिसाउनेले
मिल्ने मित्र र विरोधी दुस्मनका लक्षणहरू घातमा लुकेको हुन्छ
उस्तै लच्छिन अनि अलच्छिन सम्मका अठोट हातमा लुकेको हुन्छ ।
अच्युत घिमिरे,सर्पाङ,भुटान