Thursday 6th August 2026

इजरायली प्रधानमन्त्रीले भने-युद्ध तिनिहरूले सुरु गरे, यसको अन्त्य हामी गर्नेछौं


एजेन्सि- इजरायल र प्यालेस्टाइनबीच अक्टोबर ७ देखि युद्ध जारी छ। यी ३ दिनमा गाजा र वेस्ट बैंकमा युद्धका कारण ७०४ जनाको मृत्यु भएको छ भने २ हजार ६१६ जना घाइते भएका छन्। इजरायलमा ९०० जनाको मृत्यु भएको छ भने ३८०० जना घाइते भएका छन्।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई कडा चेतावनी दिँदै ‘यो युद्ध इजरायलले सुरु गरेको होइन, हामी अन्त्य गर्नेछौं’ भनेका छन्।

हमासले युद्ध सुरु गरेपछि इजरायलले ३ लाख सैनिक परिचालन गरेर बदला लिने भएको छ। टाइम्स अफ इजरायलका अनुसार सन् १९७३ को योम किप्पुर युद्धमा इजरायलले ४ लाख रिजर्भ सैनिक बोलाएको थियो।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले सम्बोधनमा भने, ‘इजरायल युद्धमा छ। हामीले यो युद्ध चाहेका थिएनौं। यो सबैभन्दा क्रूर तरिकाले सुरु भएको थियो। यद्यपि इजरायलले यो युद्ध सुरु गरेकाे हाेइन, याे युद्द अब इजरायलले यसलाई अन्त्य गर्नेछ।’ हमासमाथि हमला गर्दै प्रधानमन्त्री नेतन्याहुले यसका लागि आफूहरूले मूल्य चुकाउनु पर्ने र यसलाई लामो समयसम्म सम्झिने बताएका छन्।

‘हमासले इजरायल माथि हमला गरेर ऐतिहासिक गल्ती गरेको बुझ्ने छ। हामी तिनीहरू र इजरायलका अन्य शत्रुहरूले आउने दशकहरूमा सम्झने मूल्य निर्धारण गर्नेछौं,’ उनले चेतावनीको भाषामा भने।

बन्धकहरूको दुर्दशामा बोल्दै प्रधानमन्त्री नेतन्याहुले निर्दोष इजरायलीहरू विरुद्ध हमासले गरेको क्रूर आक्रमणहरू स्तब्ध पार्ने बताएका छन्। उनीहरूले घरभित्र पसेर परिवारको हत्या गरे, चाडपर्वमा सयौं युवाको हत्या गरे, बालबालिका र वृद्धवृद्धाहरूलाई अपहरण गरे। यो सबै बर्बरता हो। उनले हमासलाई आईएसआईएससँग तुलना गर्दै आफ्नो पराजयका लागि तयार हुन चेतावनी दिए।

यस बाहेक उनले आफ्नो सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य विश्व नेताहरुलाई सहयोगको लागि धन्यवाद पनि दिए।


सम्बन्धित शीर्षकहरु

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

बंगलादेशका स्टार क्रिकेटर तथा अवामी लिगका पूर्व सांसद शाकिब अल हसनको पैतृक घरमा अज्ञात समूहले आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका…

प्रतिकृयाहरू
...