Saturday 28th March 2026

सेन्ट कपितानियो स्कुलमा रेडक्रस स्थापना


नारायण कोइराला – १६ आश्विन २०८० का दिन ने.यु.जु.रे.स.गठन तथा रेडक्रस परिचय कार्यक्रम सम्पन्न भएको छ।यो कार्यक्रमको आयोजना सेन्ट कपितानियो स्कुल, तानसेन पाल्पाले गरेको थियो। कार्यक्रमको अध्यक्षता प्रिन्सिपल सिस्टर एनिस जोसेफ गरेकी थिइन् भने प्रमुख अथिती श्रीनगर उपशाखाका सभापति पुष्कर अथक रेग्मीले गरेका थिए।
त्यस्तै अथितिमा संजित थापा ( उपकोषाध्यक्ष श्रीनगर उपशाखा ) थिइन् । संज्ञा लक्ष्मी खडका ( कक्षा ९)को स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो।
कार्यक्रममा प्पुष्कर राज रेग्मी ( रेडक्रस अभियान,सात सिद्धान्त) र संजित थापा ( प्राथमिक उपचार )ले प्रशिक्षण दिएका थिए।

यसै कार्यक्रममा गठित युजुरेसका पदाधिकारीहरू यसप्रकार रहेको छ।
अध्यक्ष : संज्ञा लक्ष्मी खड्का
उपाध्यक्ष : कुन्दन थापा
सचिव : आरति बस्याल
उपसचिव : मञ्जिल समर खाती
कोषाध्यक्ष : निशा भट्टराई
सदस्य : आर्यन काफ्ले
सदस्य : शाश्वत भट्टराई
सदस्य : एञ्जल थापा
सदस्य : रितु रसाली
सदस्य : प्रेनिशा नेपाली
सदस्य : आलभ पाण्डे
सदस्य : अदिति बस्याल
सदस्य : आसुतोष ज्ञवाली
सदस्य : प्रिन्सि शर्मा
सदस्य : विविशा पाण्डे
सदस्य : इशिता आत्रेय

संरक्षक : सिस्टर एनिस जोसेफ
शिक्षक नायक : शकुन्तला कुँवर क्षेत्री
सह शिक्षक नायक : धनकुमारी थापा

नयाँ पदाधिकारीहरूलाई रेडक्रस लोगो अंकित नेम ट्याग वितरण प्रमुख अतिथि र अतिथिबाट गरिएको थियो। त्यस्तै प्रिन्सिपललाई श्रीनगर उपशाखाको तर्फबाट रेडक्रस परिचय ब्रोसर र विशेषाङक प्रदान उपशाखा सभापतिले गरेका थिए।
युजुरेस अध्यक्षद्वारा श्रीनगर उपशाखाका सभापतिलाई पत्र हस्तान्तरण भएको थियो । शिक्षक नायक शकुन्तला कुँवर क्षेत्री द्वारा संचालन गरिएको उक्त कार्यक्रम प्रिन्सिपलसिस्टर एनिस जोसेफले समापन गरेकी थिईन्।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...