चित्रमा पञ्चाङ्ग
 ===========
 भाग: ८०
 पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
 मिति : २०८०/०५/२७
 प्रशिक्षक :
 ———–
 रामराजा के.सी.
 नारायण प्रसाद निरौला
 भाषा शुद्धीकरण
 ————————-
 चन्द्रावती अधिकारी
 चित्र सङ्कलन
 ———————–
 गुगल
 समायोजक
 —————–
 सविता के.सी.
 आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
 हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको असीयौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
 नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
 पञ्चाङ्ग अभ्यासको नजिक मोती जयन्ती तथा पिताको मुख हेर्ने दिन परेकाले यो हप्ता यसै सन्दर्भमा पञ्चाङ्ग अभ्यास गर्ने जमर्को गरिएको छ । साथ सहयोग गरिदिनुहोला ।
 चित्रमा पञ्चाङ्ग
 ===========
 पञ्चाङ्ग १
भानुलाई मर्न नदिई जलमल गर्ने मोती
 श्रृङ्गारिक गजल जन्म दिई झलमल भर्ने मोती
 रहेनछ आयु, युवा अवस्थामा छाडेछन् संसार
 समय छँदा जाँगर लाउने अलमल हर्ने मोती
 साहित्यका अक्षर शब्दहरू चलमल छर्ने मोती ।
 १
 आफन्त र अर्तीका वचन सधैँ तीता हुन्छन्
 अभिभावक विनाको जिन्दगी रित्ता हुन्छन्
 हरेक दिन माता पिता सम्मान गर्नुपर्छ
 अरूको माता बित्ता आफ्नाको माया कित्ता हुन्छन्
 अप्ठ्यारोमा साथ दिने माता अनि पिता हुन्छन् ।
 सविता के.सी.
 दक्षिणकाली-९, काठमाडौँ ।
पञ्चाङ्ग २
 म त देशका लागि रगत , पसिना दिएर आएँ
 त्यसको सट्टा अस्थिर मन कोसेली लिएर आएँ
 भानु मेरा मनमा खेलेका रचना फैलाए पनि
 रिजाउन नसके पछि आफ्नै आँसु पिएर आएँ
 उही पोलिएको पुरानो घाउ फेरि सिएर आएँ ।
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ३
भानुको गरिमा बढाई आदिकाल कवि बनायौ
 दूर दराजमा थिए डाँडाको झुल्के रवि बनायौ
 तिमी पहिलो नेपाली गजलकार बनेर छाई
 समूह साहित्य सिर्जनाको अनौठो लबी बनायौ
 माध्यमिक कालका खम्बा युवाकवि छवि बनायौ ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग ४
मोती थियौ र त भानु बनेर आए
 आदिकविको स्थान जमेर पाए
 साहित्यका एक चम्किलो तारा
 पाठ्यपुस्तकमा सबैले रमेर गाए
 घाँसीको कुवामा लोहोटा बोकेर धाए ।
प्रदीप के रिमाल
 इटहरी,सुनसरी।
पञ्चाङ्ग ५
भानुभक्त साहित्यिक अनुरागी बने
 न कहिले लोभमा परे नदागी बने
 उन्ले घांसीसँग लिए शिक्षा बढे अंघी
 चिनाउँन देश आफ्नो सहभागी बने
 भनेनुसार गरे न कत्ती धागी बने ।
सुरेशकुमार पाण्डे
 दाङ घोराही १८
पञ्चाङ्ग ६
भानुभक्त बिचारी थिए सज्जन
 दरिद्र घाँसी अर्थी लिए सज्जन
 सम्झी उपदेश लेखे रामायण
 नेपाली भाषा सबै पिए सज्जन
 अनन्त अमर भै जिए सज्जन ।
गणेश पौडेल
 कालिका ६ चितवन
पञ्चाङ्ग ७
भानु ब्युत्याउदा झल्किएर आएँ
 आज हेर्दा खुशी बल्किएर आएँ
 गुरु पछ्याउदा बनेछु म मोति
 साहित्यको जग टल्कीएर आएँ
 चेतनाको भाव सल्किएर आएँ ।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग ८
भानुभक्त साहित्यमा लबिको रुपमा तिमी
 चोखो मान शान्त तिम्रो छविको रुपमा तिमी
 नक्षेत्र बनेर साहित्यमा जाग्दै भानु आयौ
 ज्ञान दिँदै ज्योती छर्दै रविको रुपमा तिमी
 साहित्यको धरोहर कविको रुपमा तिमी ।
सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा।
पञ्चाङ्ग ९
अँध्यारीमा चम्किलो मोती बनेर आयौ
 आउँदा कवि हिन्ने बाटो खनेर आयौ
 मृत्युलोकमा धेरै दिन बस्नु थिएन
 यहाँ बस्ने दिन उहीं नै गनेर आयौ
 साहित्यलाई चिनाउछु भनेर आयौ !
-पशपति राई खोटाङ ।
पन्चाङ्ग १०
भानुलाई चम्काउने मोतीराम भट्ट भए
 यमराजले लगेछन् उठाएर चट्ट भए
 तीस वर्षकै उमेरमा पृथ्वी छाडेछन् उनले
 सहित्यको जग राखे आदि भानु पट्ट भए
 जगेर्नाको खाँचो छ है मिली बसौँ झट्ट भए ।
कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग ११
सिर्जनाको काम मोती सम्झेको छु
 परिचित नाम मोती सम्झेको छु
 उर्वर बनायौ साहित्यमा सधैँ
 राधा कृष्ण राम मोती सम्झेको छु
 गजलमा नाम मोती सम्झेको छु ।
– आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग १२
मोती तिमी साँच्चै मोती रहेछौ
 अन्धकार फाड्ने ज्योति रहेछौ
 सबैको मुटुमा बस्न सफल
 प्रोत्साहित गर्ने बोटी रहेछौ
 गजलको तिमी गोटी रहेछौ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग १३
ताते गर्न सिकाएर जीवनको बाटो देखायौ
 असल मार्ग समाती मेट्दै जाने पाटो देखायौ
 आफूले नखाए नि हामीलाई बाच्यौ खुवाएर
 थोत्रा वस्त्र आफू भिरी मेटाउने घाटो देखायौ
 दिएनौ सम्बन्धमा दरार नत्र फाटो देखायौ ।
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग १४
अझै केही जिउनु पर्थ्यो मोती तिमीले
 सुभावना सिउनु पर्थ्यो मोती तिमीले
 अझै बाँकी रहेछन् काम छोडी गएका
 कालकूट पिउनु पर्थ्यो मोती तिमीले
 साहित्यमा धिउनु पर्थ्यो मोती तिमीले ।।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग १५
कहाँ सकिन्छ भुल्न भानुभक्तको अवदान
 गरौँ नित्य भानुभक्तका काव्यको रसपान
 सर्वोत्तम कायको सधैं रहन्छ जगमा नाम
 नेपालीसाहित्य नभमा भानुनैहुन् रसखान
 यी पाँपङ्कतिले गर्दछु उहाँको गुणागान ।
कार्की डिबी माकुम
 सुनवल, नवलपरासी
पञ्चङ्ग १६
छाेटाे आयुभित्रै तिम्ले धेरै गर्याै माेती
 भानुलाई चिनाएर पुण्य भर्याै माेती
 तिमीबिना अधुराे नै हुन्थे अादिकवि
 बिहानीकाे उषासँगै लाली छर्याै माेती
 गजलकाे सागरमा पार तर्याै माेती ।
पञ्चाङ्ग १७
भानुभक्तलाई साच्चै मोती बनाए मोतीले
 यहाँ अन्दकार चिर्ने ज्योति बनाए मोतीले
 भानुको रामायण सबैको साथी बनाएर ,
 जमानसको मिठो बोली बनाए मोतीले
 सर्बत्र नै साहित्यको खोली बनाए मोतीले।
 दुर्गा भट्टराई
 मोरङ