Tuesday 6th October 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७० औं श्रृंखलामा खोरिया साहित्य सिर्जना नेपालको पाचौं खोरिया तीज गीत महोत्सव सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७० औं श्रृंखलामा खोरिया साहित्य सिर्जना नेपालको पाचौं खोरिया तीज गीत महोत्सव गत ३ असोजका दिन सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एबं काव्य विभाग प्रमुख बाबा बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै खोरिया गाएको सुने एकदम खुशी लाग्यो।तीजको लयमा खोरिया सुन्दर बन्दो रहेछ । मेरो लागि एक अबसर पनि भयो भन्नु हॅंुदै प्रवर्तक धड्कनले साहित्यलाई योगदान गर्नु भएको छ ।प्रवर्तकको खुबी झल्केको छ खोरियामा।अन्य नया विधागत स्वरुपले पनि साहित्य भण्डारमा नया कृति दिइरहेका छन् भन्नु भयो । यो चन्द्रागिरि साहित्यको प्रविधि मैत्री कार्यक्रम अन्तराष्ट्रिय बनेको छ १७० औं श्रृङ्खला सम्म पुग्नुमा साच्चै साहित्यको सेवा हो भन्नु भयो । डा. देवी पन्थीले चन्द्रागिरिको निरन्तर कार्यक्रमको प्रसंसा र खोरियाको लोक प्रियता द्रुतगतिले बढेकोमा खुसी व्यक्त गर्नु हुदै चारु र गजलको पूर्ण चिनारी दिदै शुभकामना व्यक्त गर्नु भयो ।
बरिष्ठ साहित्यकार गंगा लिगलले जीवन सुन्दर फूल सॅगै तुलना गर्नु हुॅदै साहित्यको उचाई सगरमाथा जस्तै तुलना गर्नु भई रचना सुनाउनु भयो।
दुर्गा भमरकोटेले शुभकामना दिदै रचना सुनाउनु भयो ।
सुधा बास्कोटा ढकालको उद्धघोषणमा भएको सो कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरु लक्ष्मी प्रसाद मिश्र,गंगा अभिलाषी,उर्मिला पन्त,शुरेश घिमिरे,सरला तिमल्सिना,शारदा आचार्य,बिनु बाबा घिमिरे,जानुका थापा,प्रेम थापा,संगीता खरेल,सरस्वति श्रेष्ठ,शारदा पाण्डे,सुमीत्रा श्रेष्ठ,टेक बहादुर लौडारी,उत्तम भेटवाल,छत्रपति दाहाल,चन्द्रावती अधिकारी,जमुना कायस्थ,सन्जना शर्मा,सिर्जना खनाल,शुरेश घिमिरे,यज्ञलाल सुबेदी,घनश्याम पौडेल,लगायत २९ जना खोरिया रकेटरहरुले आ-आफ्नो रचना वाचन गर्नु भयो ।
खोरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले सभापतिको आसनबाट खोरियाको सैद्धान्तिक अबधारणा प्रस्तुत गर्नु हुदै तीज विशेष खोरियाको सिर्जना गर्दा दोस्रो पङ्ति र चौथो पङ्तिको अनुप्रास मिलेको हुनु पर्छ ।खोरिया लोक छन्द हो ।शीर्षक दिएर धेरै खोरिया लेख्न रनि सकिन्छ भन्दै तीज भाकाको खोरिया प्रस्तुत गर्नु हुदै प्रमुख अतिथि बाबा बस्नेत लगायत सम्पूर्ण साहित्यकार ज्यूहरुमा धन्यबाद ज्ञापन गर्नु भई मन्तव्य सहित कार्यक्रम समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...