Saturday 24th October 2026

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का विजयी


पूर्वखेलाडी पारस खड्का नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा विजयी भएका छन् । शनिबार भएको क्यानको निर्वाचनमा अर्का प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत प्राप्त गरे भने प्रशान्तले ३७ मत प्राप्त गरे । बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष समेत रहेका पारस खड्का क्यानको सचिवमा अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका थिए ।

क्यानको अध्यक्षमा चुतरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भए । महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध भए ।

यस्तो बन्यो नेपाल क्रिकेट संघको नयाँ टीम


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...