Friday 25th September 2026

प्रवासी नेपाली मन्च कुवेत द्वरा शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न


कुबेत – नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च कुवेत द्वरा संविधानसभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक तथा श्रद्धाञ्जलि सभा कार्यक्रम हिजो मिती १९ सेप्टेम्बर २३ को दिन एभरेस्ट नेपाली होटेलमा प्रवासि नेपाली मंच मध्यपूर्व सह संयोजक क.रबि बन्जाडेको प्रमुख अतिथ्य तथा अध्यक्ष राजु थापाको सभापतित्व साथै नेपाली एकता मञ्च कुवेतका अध्यक्ष युवराज गैरे,नेपाल पत्रकार महासंघको बैदेशिक शाखा कुबेतका अध्यक्ष नवराज पन्थी लगायतको आतिथ्यता रहेका थियाे।कार्यक्रममा स्वर्गीय नेम्वाङको सम्झनामा एक मिनेट मौनधारण गरिनुका साथै उहाँको तस्विरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको थियो।

नेपालको राजनीतिमा उहाँको शालीन स्वभाव, मिलनसार र नम्र बोली चालीले जो कसैलाई पनि प्रभावित पार्ने गरेको थियो । २०६४ साल देखि ०७२ साल सम्म दुईपटक संविधानसभाबाट संविधान बनाउने जटिल काममा उहाँले नेतृत्व गर्नुभयो । हाल उहाँ इलाम २ बाट सांसद निर्वाचित भई पार्टी र संसदमा नरम नेताको रुपमा आफ्ना अभिव्यक्ति दिने गर्नु भएको थियो । एमालेले एउटा सक्षम,बौद्धिक र प्रतिष्ठित नेता गुमाएको छ। भन्दै उहाँ को मृत्यु बाट एमाले पार्टीलाई ठूलो क्षति पुगेको उहाँले गर्नु भएको योगदानका बारेमा आ आफनो भनाइ चर्चा गर्नु भएको थियो।

त्यस्तै मन्चका अध्यक्ष राजकुमार थापा,प्रमुख आतिथ्य रबि बन्जाडे,प्रबासी नेपाली एकता मञ्च कुवेतका अध्यक्ष युवराज गैरे,पत्रकार महासंघ कुबेतका अध्यक्ष नवराज पन्थी लगाएतले यस दुःखद घडिमा शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना व्यक्त गर्नुहुँदै दिवंगत आत्माको चीर शान्तिको कामना गर्नुभएको थियो। भने शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रम लाई प्रवासी नेपाली मन्च कुवेतका सचिब शंकर पौडेलले संचालन गर्नु भएको थियो।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...