Monday 8th June 2026

वेदु न्याैपानेका तीज विशेष जुनेलीहरू


जुनेली
१.
तीजको
गीत
गाउने
रीत
२.
सबैको
साझा
बजाउ
बाजा
३.
भदौरे
झरी
बेसरी
परी
४.
माइत
जाने
दर हो
खाने
५.
बढेछ
खोला
बोकियो
झोला
६.
म माग्छु
बिदा
बाटो छ
सिधा
७.
माइत
जाँदा
दर है
खाँदा
८.
नगर
हेला
परौला
फेला
९.
तीज यो
हाम्रो
गन्तव्य
राम्रो
१०.
तीजको
पर्व
गर्दछौँ
गर्व
११.
नेपाली
चेली
नाच्ने हो
खेली
१२.
माइती
घर
नमान
डर
१३.
रातो छ
सारी
रुपौली
नारी
१४.
काँधमा
हाली
क्याराम्री
साली
१५.
तीजको
बेला
चेलीछन्
भेला
१६.
विकृति
आयो
होटल
धायो
१७.
नारीले
व्हिस्की
लगाए
चुस्की
१८.
मातेको
बेला
परेछन्
फेला
१९.
प्रहरी
जात
पक्रीए
हात
२०.
घमण्ड
तोड
विकृति
छोड
२१.
संस्कार
हाम्रो
पर्व
हो राम्रो
२२.
नारीको
चाड
विकृति
छाड
२३.
गर्नुछ
गर्व
नारीको
पर्व
२४.
जूनछन्
माथि
हिँड्ने हो
साथी
२५.
शिवको
सर्त
बस्ने हो
व्रत।

बेदु न्यौपाने काठमाडौँ,नेपाल


सम्बन्धित शीर्षकहरु

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८…

प्रतिकृयाहरू
...