Saturday 24th October 2026

नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका २४ नोभेम्बरमा


कुवेत – नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार शिव परियार र रचना रिमालको साथमा हुने भएको छ ।

कुवेतस्थित जिलिबमा रहेको इन्डियन स्कुलको सभाहलमा २४ नोभेम्बर २०२३ शुक्रवारको दिन ख्याति प्राप्त गायक शिव परियार र गायिका रचना रिमालको साथमा दिपावलीको अवसरमा पाचौं सांगीतिक धमाका गर्न लागिएको समाजका प्रवक्ता सन्त लम्सालले जानकारी दिएका छ्न ।

कुवेत नगरीमा सन् २०१४ मा ‘समाज र देश निर्माणका लागि यूवा एकता’ भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले पहिलो, दोश्रो, तेश्रो र चौथो सांगीतिक धमाका चर्चित कलाकारको साथमा सम्पन्न गरिसकेको छ । उक्त दिन स्थानीय कलाकारको समेत सांगीतिक प्रस्तुती रहने छ । कुवेतको नेपाली समाजमा स्थापना कालदेखी नै बिभिन्न सामाजिक कार्यमा समाज सक्रिय छ ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ – संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ – संस्था वा व्यक्ति विषेशले कार्यक्रम नजुधाईदिन समेत आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण :
मितिः २४ नोभेम्बर २०२३
स्थान: इन्डियन स्कुल जिलिब
समयः बिहान ११ बजे देखी
आयोजक : नेपाल कुवेत सरोकार समाज


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...