Sunday 6th September 2026

झापाली समाज कुवेतद्वारा आयोजित हरितालिका तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न



कुबेत – झापाली समाज कुवेतद्वारा आयोजित नेपाली नारिहरुको महान चाड हरितालिका तीजको शुभकामना आदन प्रदान साँस्कृतिक कार्यक्रम साथै दर खुवाउने कार्यक्रम कुबेतको मङाफ स्थित मेमोराईज हलमा हिजो मिती १५ सेप्टेम्बर २०२३ शुक्र्बार दिन सम्पन्न भयाे।
समाजका अध्यक्ष गोबिन्द प्रसाद तिम्सीनाको सभापतित्व र नेपाली दूतावासका लागि तृतिय सचिव रेवन्त केसीको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा,नेपाल पत्रकार महासंघको बैदेशिक शाखा कुवेतको सहसचिव हरि बानियाँ,विशेष आतिथ्यता लगायत तथा कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारीहरूको आतिथ्यता रहेका थियाे। कार्यक्रम लाई समाजका सचिब राम न्यौपानेले संचालन गरेका थिए। भने अतिथिहरुलाई मन्तब्य द्वारा स्वागत समाजका संरक्षक तथा सल्लाहकार ध्रुबकुमार संग्रौला गरेका थिए ।
राष्ट्रिय गानको गुन्जनकासाथ सुरु भएको कार्यक्रममा सभापति, प्रमुख अतिथि,बिशेष अतिथिहरु लगाएतको सामुहिक उपस्थितिमा दिप प्रज्वलन कार्यक्रमको उद्घाटन गरिएको थियो। महिलाहरुको लागि लक्षित गरेर तिज बिशेष कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।स्थानीय कलाकारको साथै नेपाली दिदीबहिनीले भब्य रुपमा मनाए।
कार्यक्रममा कलाकारहरुले गित तथा नृत्यको धमाकेदार प्रस्तुति दिदै अत्यान्तै मनोरन्जानात्मक माहोल बनेको थियो भने बीच बिचमा तिजको गीतमा दिदीबहिनी र दाजुभाइहरुले सामुहिकरुपमा छमछमी नाच्दै रमाइलो गरेका थिए । भने उपस्थित दिदीबहिनीहरुलाई दरकाे ब्यबस्था गरेको थियो।

नयाँ सदस्यहरुलाई पनि स्वागत गरेका थिए।कार्यक्रमको अन्तमा झापाली समाज कुवेतका अध्यक्ष गोबिन्द प्रसाद तिम्सीनाले हरितालिका तीज शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रम समापनको घोषणा गरेका थिएl


सम्बन्धित शीर्षकहरु

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

इन्डोनेसियाको माउन्ट अनाक क्राकाटाउ (Anak Krakatau) ज्वालामुखी पुनः सक्रिय भएर ठूलो मात्रामा ज्वालामुखीय खरानी आकाशमा फैलाएपछि जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको…

प्रतिकृयाहरू
...