Tuesday 31st March 2026

आज कुशे औँसी, घर घरमा कुश भित्राइँदै



आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन ।

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले पवित्र कुश घरमा भित्राएर मनाउने गर्दछन् ।

मुख्यतः; ब्राम्हणहरुले तयार पारेको कुश जजमानको घरमा लगिनेछ भने जसलाई वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिनेछ ।

धार्मिक र परम्परागत मान्यता अनुसार ब्राह्मणले ल्याएको कुश जजमानकहाँ पुर्‍याउन र त्यो कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने भएकाले आज राखिने कुशको विशेष मान्यता रहेको छ ।

सनातन धर्मावलम्बीले कुशलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...