Sunday 6th September 2026

सुन तस्करी प्रकरण : रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गर्न माग



नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी संलग्न रहेको कम्पनी रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गर्न माग गर्दै बुधबार आफ्नो प्रतिवेदन बुझाउँदै छ ।

उक्त कम्पनीले थप ब्रेक शुबाट ३०२ किलो सुन ल्याएको निष्कर्ष निकाल्दै सीआईबीले रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गरेर मुद्दा चलाउन राय दिएको छ । अदालतमा मुद्दा दायर गर्न जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ ।

सीआईबीले लामो अनुसन्धानपछि आफ्नो प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन लागेको प्रतिवेदनमा सो राय दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन गत २ साउनमा आन्तरिक राजश्व विभागले बरामद गरेको थियो । ब्रेक शुमा लुकाएर ल्याइएको उक्त सुन रेडी ट्रेडमार्फत ल्याइएको खुलेको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

इन्डोनेसियाको माउन्ट अनाक क्राकाटाउ (Anak Krakatau) ज्वालामुखी पुनः सक्रिय भएर ठूलो मात्रामा ज्वालामुखीय खरानी आकाशमा फैलाएपछि जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको…

प्रतिकृयाहरू
...